काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
सभाले बैंकका शेयरधनीहरूका लागि ६५ प्रतिशत बोनस शेयर र १४.५ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि श्री जी.पी. राजवाहक एण्ड कम्पनीलाई बैंकको लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरिएको छ ।
एभरेष्ट बैंकले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि सुदृढ वित्तीय व्यवस्थापन र सेवा विस्तारलाई प्राथमिकता दिने जनाएको छ ।








Comments are closed.