काठमाडौं । एभरेष्ट बैंक र क्विक फक्स कन्सल्टिङबीच सम्झौता भएको छ । बैंकले आफ्ना विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्ने कायर्हहरु स्वचालित गर्न क्विक फक्स कन्सल्टिङ प्रालिसँग सम्झौता गरेको हो ।
योसँगै बैंकले रोबोटिक प्रोसेस अटोमेसनको यात्रा सुरु भएको जनाएको छ। ‘एभरेष्ट बैंक निरन्तर रुपमा सबल हुन, प्रतिस्पर्धी रहन र आफ्ना ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्ने सोचका साथ आफ्नो अटोमेसनको यात्रा सुरु गरेको हो’, बैंकले भनेको छ।
बैंकले प्रदान गर्ने सेवाहरुमा रहेका अधिकांश प्रक्रियाहरु दोहोरिने, प्रक्रियागत रुपमा सञ्चालन नहुने र एकै प्रकृतिका समेत हुने भएको र जसलाई पूरा गर्न धेरै मानव संशाधनहरु समावेश गर्नुपर्ने र मानवीय हस्तक्षेपको कारणले गर्दा कतिपय कार्यहरु समेत ढिलो र त्रुटिपूर्ण हुनसक्ने भएकाले बैंकले रोबोटिक प्रोसेस अटोमेशनको यात्रा तय गरेको बैंकले जनाएको छ।
देशैभर हाल बैंकका १२३ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ उपलब्ध छन्।त्यस्तै, ३० वटा राजस्व संकलन केन्द्रमा पनि बैंकले सेवा दिएको छ।
Comments are closed.