नेपालमै अक्सिजन ग्यास सिलिण्डरको उत्पादन परीक्षण सफल

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिण्डरको उत्पादन परीक्षण गरेको छ । कोभिड–१९ को महामारी फैलिएको र अक्सिजन सिलिण्डरको अभाव भइरहेका बेला नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मंगलबार उत्पादनको अवलोकन गरी परीक्षणको शुभारम्भ गरे ।

मन्त्री श्रेष्ठले सिलिण्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिएपछि अक्सिजन बनाउन प्रयोग हुने जियोलाइटको अभावपूर्ति गर्न सरकार गम्भीर रुपमा लाग्ने बताउँदै नाष्टले अझै धेरै आविष्कार गर्न बाँकी रहेको जनाए । सो कार्यमा सरकारको पूर्ण सहयोग हुने उनको प्रतिबद्धता थियो । मन्त्री श्रेष्ठले ठूला अस्पतालमा अक्सिजनउत्पादन प्लान्ट नहुनु विडम्बना भएको बताउँदै भने, “विगतमा अस्पताल सञ्चालन अनुमति दिँदा अक्सिजन प्लान्टको व्यवस्था अस्पतालभित्र अनिवार्य हुनुपर्ने नियम बनाइएको भए आज अभावको समस्या भोग्नुपर्ने थिएन ।’’

परीक्षण सफल भएसँगै अब नेपालले प्रेसर धान्न सक्ने सिलिण्डर उप्तादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ । अब उत्पादन गर्ने कम्पनीसँग छलफल गरी व्यावयायिक उत्पादन गर्न अनुमति दिने नाष्टका प्रविधि संकाय प्रमुख डा. रवीन्द्र ढकाललेबताए । उनका अनुसार नेपालमा पाइने सिलिण्डरको न्यूनतम् मूल्य करिब १५ हजार पर्ने भने नाष्टको प्रविधि प्रयोग भएका सिलिण्डरको करिब १० हजार भन्दा कम मूल्य पर्नेछ । परीक्षण अवलोकन गर्न नाष्टको ललितपुस्थित मुख्यालय पुगेका मन्त्री श्रेष्ठले नाष्टका उपकुलपति डा.सुनिलबाबु श्रेष्ठ, वैज्ञानिक शंकर ढकाललगायत टोलीलाई धन्यावाद दिएका थिए ।

सो सिलिन्डर मा ग्यास सिलिण्डरमा ग्यासको दबाब २२५ बारसम्म भए सुरक्षित रहन्छ । परीक्षण गर्दा ग्यासको दबाब २३५ बार सम्म पुगेपछि सिलिण्डरमा जोडिएको पाइपमा सामान्य समस्या आएको थियो ।

नास्टले स्वाब परीक्षण गर्न मोबाइल भ्यान तयार गरी सुरक्षाका तीनवटै निकायलाई हस्तान्तरण गरेको नास्टका उपकुलपति डा. श्रेष्ठलेबताए । मन्त्रालयका सचिव डा सञ्जय शर्माले विज्ञान तथा नवप्रवर्तत नीतिलाई कार्यान्वयनमा ल्याउनासाथ प्रविधि क्षेत्रले ठूलो फड्को मार्ने बताए ।

You might also like

Comments are closed.