‘एक्सपर्ट ग्रान्ड एडुकेशन फेयर २०२२’ हुने

पोखरा । विगतका बर्षहरुमा झै यस बर्ष पनि एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेजले नेपालका प्रमुख शहरहरुमा ‘एक्सपर्ट ग्रान्ड एडुकेशन फेयर २०२२ मार्च/अप्रिल’ आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा विदेश अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थी र अष्ट्रेलिया, क्यानडा, युके र अमेरीकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले एक अर्कासंग प्रत्यक्ष रुपमा संवाद गर्न सक्नेछन् ।

विगतका बर्षहरुमा पनि एक्सपर्टले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भनेर विभिन्न फेयर तथा सेमिनारहरु आयोजना गदैृ आएको थियो । ति कार्यक्रमहरुबाट हजारौं विद्यार्थीहरु लाभान्वित भएका छन् र विदेशमा आफ्नो अध्ययनको अभिलाष पुरा गर्न सफल भएका छन् । विगत दुई बर्षमा कोरोनाका कारण सिर्जित यात्रा प्रतिबन्धहरुका कारण प्रत्यक्ष रुपमा यस्ता कार्यक्रमहरु आयोजना भएका थिएनन्। उक्त परिस्थितिमा एक्सपर्टले यस्ता कार्यक्रमहरु भर्चुअल रुपमा सम्पन्न गरेको थियो ।

हाल कोभिड महामारिको प्रकोप धेरै मात्रामा नियन्त्रणमा रहेको देखिन्छ । नेपालीहरु विद्यार्थीहरु अध्ययन गर्न जाने मुख्य देशहरु अष्टे«लिया, क्यानडा, युके र अमेरीकाले अवलम्वन गरेका यात्रा प्रतिवन्धका नीतिहरु खुकुलो बनाएका छन् । ति देशहरुले आफ्नो देशमा अध्ययन गर्न आउन चाहने विदेशी विद्यार्थीका लागि सहज हुने आकर्षक नीतिहरु अवलम्वन गरेका छन् । यसले विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई प्रचुर सम्भावनाहरु सृजना गरेको छ ।

नेपालका प्रमुख १६ शहरहरु समेत विश्वका १३ देशका ४५ भन्दा बढी शहरहरुमा शाखाहरु संचालनमा रहेको एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेजले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विगत दुई दशक देखि आधिकारीक र विश्वसनिय परामर्श प्रदान गर्दै आएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विश्वसनिय जानकारीहरु प्रदान गर्ने उद्येश्यले यस संस्थाले विगतका बर्षहरुमा झै यस बर्ष पनि नेपालका प्रमुख शहरहरु धनगढी, नेपालगञ्ज, घोराही, बुटवल, पोखरा, नारायणगढ, हेटौडा, विरागनगर, विर्तामोड र काठमाण्डौमा क्रमशः चैत्र ७, चैत्र ८, चैत्र ९, चैत्र १०, चैत्र १२, चैत्र १३, चैत्र १४, चैत्र १५, चैत्र १६ र चैत्र १८ गते ‘एक्सपर्ट ग्रान्ड एडुकेशन फेयर २०२२ मार्च÷अप्रिल’ आयोजन गर्न लागेको बताइएको छ । उक्त कार्यक्रममा विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, युके र अमेरीकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधि, बैंकका प्रतिनिधि, अष्ट्रेलिया तथा

काठमाण्डौबाट आउनु भएका एक्सपर्टका प्रतिनिधिहरुसंग प्रत्यक्ष संवाद गर्न पाउनेछन् । साथै, बुटवल, पोखरा, नारायणगढ, विराटनगर र काठमाण्डौंका कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान तथा एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेजका ब्रान्ड एम्वेसेडर पारश खड्कासंग सम्वाद गर्न सक्नेछन् ।

यस कार्यक्रममा उपस्थित भई लाभान्वित हुन सम्पुर्ण विद्यार्थी तथा अभिभावकहरुमा एक्स्पर्टले आग्रह गरेको छ ।

You might also like

Comments are closed.