एक्स्पर्ट ग्राण्ड एजुकेसन फेयर हुने

पोखरा । पोखरामा एक्स्पर्ट ग्राण्ड एजुकेसन फेयर २०२२ हुने भएको छ । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजको आयोजनामा फेयर हुने भएको हो । पोखराको न्युरोडमा रहेको सिटी स्क्वायर बैंक्युटमा अगस्ट २० तारिख (भदौ ४ गते ) शनिवार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म फेयर संचालन हुनेछ ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी फेयरको आयोजना गरिएको प्रवन्ध निर्देशक रमेशकुमार थापाले जानकारी दिए । अध्ययनका लागि अष्ट्रेलिया, यु.के, क्यानडा, युएसए जान चाहने विद्यार्थी फेयरमा सहभागी हुनसक्ने उनले बताए । फेयरमा ५ सयभन्दा धेरै विद्यार्थी सहभागि हुने अपेक्षा गरिएको छ ।

फेयरमा विद्यार्थीले विदेशका प्रतिष्ठित कलेज तथा युनिभर्सिटीका प्रतिनिधीलाई भेट्न पाउनेछन् । विद्यार्थीले अध्ययन गर्न चाहेको विषय अध्ययनका लागि कलेज तथा युनिभर्सिटी छनोट गर्न सहयोग गरिने छ । कलेज तथा युनिभर्सिटीको फि स्टक्चर, नीति तथा नियमका वारेमा पनि विद्यार्थीले फेयरमा जानकारी लिन सक्नेछन् ।

jutta mela

 

You might also like

Comments are closed.