एक्स्पर्ट काठमाडौंको आयोजनामा ‘एड्मिसन डे’ हुने

काठमाडौं । एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस काठमाडौंको आयोजनामा ‘एक्स्पर्ट एड्मिसन डे’ हुने भएको छ । पुतलिसडकमा रहेको एक्स्पर्टको कार्यालयमा चैत ११ गते शनिबार ‘एडमिसन डे’ हुने भएको हो ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीलाई लक्षित गरी ‘एडमिसन डे’ को आयोजना गरिएको हो ।

कार्यक्रममा ४० भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने बताइएको छ । अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, युके र अमेरिकाका प्रतिष्ठित युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेट्न पाउने छन् ।

jutta mela

उक्त कार्यक्रममा विद्यार्थीले विभिन्न प्रतिष्ठित कलेज तथा युनिभर्सिटीमा पढाइ हुने विषय, कोर्ष, भर्ना शुल्क, नीतिनियम, छात्रवृत्ति लगायतका बारेमा जानकारी लिन सक्नेछन् ।

 

You might also like

Comments are closed.