पोखरा । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराले सातौं वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई सम्मान गरेको छ । एक्स्पर्ट पोखरामा कार्यरत १२ जना कर्मचारीलाई विभिन्न विधाबाट सम्मान गरिएको मार्केटिङ हेट विष्णुप्रसाद गौतमले जानकारी दिए ।
एक्स्पर्टका निर्देशक रमेशुकमार थापा, प्रशासकीय प्रमुख अनामिका थापा र पोखरा १९ का जनप्रतिनिधि कोमलप्रसाद बास्तोलाले कर्मचारीलाई सम्मान गरेका हुन् । कर्मचारीलाई प्रोत्साहन गर्न सम्मान गरिएको थापाले आर्थिक आवाजलाई जानकारी दिए ।
कार्यक्रम पोखरा १९ काउरेस्थित माछापुच्छ्रे इको रिसोर्टमा भएको हो । कार्यक्रमको अध्यक्षता एक्स्पर्ट पोखराका निर्देशक रमेशकुमार थापाको अध्यक्षतामा भएको हो ।
वार्षिकोत्सवकै अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै एक्स्पर्ट पोखराले पोखरा १९ स्थित ओम शिवशक्ति कल्याणी बाल आश्रमलाई खाद्यान्न सहयोग गरेको थियो ।
Comments are closed.