एक्स्पर्ट पोखराद्वारा टिकटक प्रतियोगिता आयोजना

 

पोखरा । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस पोखराले टिकटक प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगितामा सहभागी हुन चाहनेहरुले ‘अष्ट्रेलिया जान आँटेका छौं, मनमा चिन्ता परिराछ । किन चिन्ता लिन्छौ व्यर्थै एक्स्पर्टबाट भिजा लाछ’ गीतमा टिकटक बनाउनुपर्ने एक्स्पर्ट पोखराका सञ्चालक रमेशकुमार थापाले जानकारी दिए ।

उत्कृष्ट टिकटक बनाउनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने पब्लिक रिलेसन अफिसर विष्णुप्रसाद गौतमले बताए ।

You might also like

Comments are closed.