एक्स्पर्ट पोखराद्वारा आयोजित ‘एडमिसन डे’मा ५ सय विद्यार्थी सहभागी

पोखरा । एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस पोखराको आयोजनामा ‘एक्स्पर्ट एडमिसन डे’ कार्यक्रम बिहीबार पोखरामा सम्पन्न भएको छ । उक्त अवसरमा ५ सय भन्दा बढी विद्यार्थी उपस्थित भएको एक्स्पर्ट पोखराले जनाएको छ ।

अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, युके र अमेरिकाका प्रतिष्ठित युनिभर्सिटी तथा कलेजका प्रतिनिधि सो अवसरमा सहभागी थिए । कार्यक्रममा ४० भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सहभागी रहेको बताइएको छ ।

एक्स्पर्टका फाउण्डर तथा सिइओ सन्दिश शर्मा, मेल्बन अफिसका डाइरेक्टर वसन्त पोखरेल, एक्स्पर्ट नेपालका कन्ट्री म्यानेजर विकास ज्ञवाली लगायत कम्पनीका अन्य प्रतिनिधिहरुको पनि प्रत्यक्ष सहभागितामा कार्यक्रम भएको एक्स्पर्ट पोखराका मार्केटिङ हेड तथा पब्लिक रिलेसन अफिसर विष्णुप्रसाद गौतमले जानकारी दिए ।

jutta mela

कार्यक्रममा सहभागी विद्यार्थीको लागि छात्रबृत्तिको व्यवस्थासमेत गरिएको उनले जानकारी दिए । सहभागीलाई लक्की ड्रबाट हात खाली नजाने गरी विभिन्न उपहार प्रदान गरिएको थियो ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीको उत्साहजनक उपस्थितिमा कार्यक्रम सम्पन्न भएको अपरेसन म्यानेजर रमेश बास्तोलाले जानकारी दिए ।

You might also like

Comments are closed.