परम्परागत गरगहनाहरुको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुर्याउन एक्स्पो आयोजना

कृष्णलाल महर्जन, अध्यक्ष, ललितपुर रत्न तथा आभुषण संघ

हामीले नेपालमा भएका गरगहना, भेषभुषालाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो’ आयोजना गरेका हौं । यो कार्यक्रम यसभन्दा अघि काठमाडौंमा आयोजना गरिएको थियो भने यस पटक ललितपुरको पाटनमा पहिलो पटक आयोजना गरिएको हो ।

यहाँको स्थानीय क्षेत्रलाई आर्थिक रुपमा चलायमान बनाउन एक्स्पोको महत्वपूर्ण योगदान रहने हामीले विश्वास लिएका छौं । यहाँ स्थानीयको व्यापार, व्यवसाय सञ्चालनमा छन्, तिनलाई पनि यस कार्यक्रमले व्यवसाय विस्तारमा सघाउनेछ । पाटन दरबार स्क्वायर क्षेत्र अगाडि पाटन हेरिटेज रनवे पनि हुँदैछ, यसलाई निःशुल्क रुपमा दर्शकले अवलोकन गर्न पाउनुहुनेछ ।

कार्यक्रम सञ्चालन गर्न ललितपुर महानगरपालिका, यहाँका वडा कार्यालय, व्यवसायी, स्थानीयबासी तथा सरोकारवाला निकाय तथा व्यक्तिले हौसला बढाइदिनुभएको छ । सबै क्षेत्रको साथ र सहयोग रहेकाले पनि यो ऐतिहासिक कार्यक्रम राम्रोसँग सफल हुनेछ भन्ने हाम्रो विश्वास छ । पाटनमा पहिलो पटक आयोजना भएकाले पनि यस कार्यक्रमबाट दर्शकले केही नयाँपन पाइरहनुभएको छ।

jutta mela

ललितपुर रत्न तथा आभुषण संघ वि.सं. २०६९ मा नेपालको परम्परागत गरगहनाहरुको प्रचार प्रसार एवं प्रवर्द्धनको लागि ललितपुर जिल्लामा स्थापना भएको संस्था हो । संघले गरगहना सम्बन्धी व्यवसायीहरुको हकहित संरक्षणको लागि पनि पैरवी गर्दै आएको छ । यो संघ नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघसँग आवद्ध संस्था हो ।

हालसम्म यस संघद्धारा गरगहना सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मेलाहरुमा सहभागी भई नेपालको परमपरागत गरगहनाको प्रचार प्रसारमा उल्लेख्य योगदान दिई सकेको छ । संघले रोटरी क्लब अफ पाटन हेरिटेजसँगको सहकार्यमा पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो आयोजना गरेको छ । संस्थाको उद्देश्य अनुसार यो एक्स्पोले परम्परागत गरगहनाहरुको प्रचार प्रसारमा महत्वपूर्ण योगदान पु¥याउने हाम्रो विश्वास छ । कार्यक्रम अवधीभर अवलोकन गरेर साथ दिनुहोला भन्ने अनुरोध गर्न चाहान्छु ।

You might also like

Comments are closed.