एक्स्पोमार्फत कला र संस्कृतिको प्रवर्द्धनमा टेवा

रज्जु रञ्जितकार, पब्लिक इमेज चियर, रोटरी क्लब अफ पाटन हेरिटेज

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालय परिसरमा हामीले ‘पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी सो २०२४’ आयोजना गरेका छौं । सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय संस्था ललितपुर रत्न तथा आभुषण संघ र सामाजिक क्षेत्रमा सक्रिय रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा आयोजित यो एक्स्पो मार्फत यहाँको समग्र विकासमा सकारात्मक योगदान पुग्नेमा हामी विश्वस्त छौं ।

आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक गन्तव्य बन्दै आइरहेको यो क्षेत्रमा आगामी दिनमा अझै बढी पर्यटन बढ्ने र यहाँको समग्र व्यावसायिक क्षेत्र लाभान्वित हुने हाम्रो विश्वास छ । दुई संस्थाहरुकोे संयुक्त आयोजना र पहलमा ३ दिनसम्म चल्ने एक्स्पोमार्फत यहाँको कला र संस्कृतिको सम्बर्द्धन र प्रवर्द्धनमा पनि टेवा पुग्नेछ ।

lcci
You might also like

Comments are closed.