पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पोको आज सकिने, र्याम्प वाल्क हुने

ललितपुर । ‘पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो २०२४’ आज सोमबार सम्पन्न हुने भएको छ । आज साँझ एक्स्पोको समापन हुनेछ । एक्स्पोको आज आन्तिम दिन अवलोकनकर्ताहरुको उत्साहजनक उपस्थिति रहने आयोजकको विश्वास छ ।

ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजले संयुक्त रुपमा एक्स्पो आयोजना गरेका हुन् । ‘समृद्धिका लागि सम्पदा संरक्षण’ मूल नाराका साथ आयोजित एक्स्पोबाट धार्मिक, आध्यात्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेको ललितपुरको पाटन क्षेत्रमा प्रचारप्रसार र प्रवर्द्धन गर्ने तथा आर्थिक चलायमान बनाउने आयोजकको लक्ष्य छ ।

यसैबीच, एक्स्पोको अन्तिम दिन आज र्याम्प वाल्क हुनेछ । क्लासिक डाइमण्ड ज्वेलर्सको प्रस्तुतिमा हुने र्याम्प वाल्क एक्स्पोको विशेष आकर्षण बन्ने आयोजकको विश्वास छ । र्याम्प वाल्क युवा पुस्तामाझ चर्चित तथा लोकप्रिय रहदै आएको छ ।

एक्स्पो सफल बनाउन पावर्ड बाइमा क्लासिक डाइमण्ड प्रालि, इन एसोसिएसन विथमा ललितपुर महानगरपालिका वडा नं. १६, प्रमोटेड बाइमा ललितपुर महानगरपालिका उद्योग पर्यटन तथा संस्कृति संरक्षण समिति, बैंकिङ पार्टनरमा लक्ष्मी बैंक लिमिटेड, इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको), हस्पिटालिटी पार्टनरमा द पाटन म्युजियम क्याफे (अपरेटेड बाइ होटल हिमालय), बोर्डकास्टिङ पार्टनरमा नेपाल मण्डल टेलिभिजन, मेकअप पार्टनरमा लक्स मेकअप आर्टिस्ट्री, वेडरोब पार्टनरमा ड्रिम वेयर फेसन द बुटिक, डिजिटल मार्केट्रिङ पार्टनरमा वेवट्युन स्टुडियो, इभेन्ट म्यानेजमेन्ट बाइमा इभेन्ट सोलुसनले साथ दिएका छन् ।

सपोर्टेड बाइमा गोदावरी नगरपालिका, ट्रेड एण्ड एक्स्पोर्ट प्रमोशन सेन्टर (टिइपिसी), रत्न तथा आभुषण व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल हस्तकल महासंघ, ललितपुर महानगरपालिका वडा नं. ६, वडा नं. १२, पाटन टुरिजम डेभलपमेन्ट अर्गनाइजेसन, गोदावरी उद्योग वाणिज्य संघ, नेपाल रत्न तथा आभुषण संघ, ललितपुर सुनचाँदी व्यवसायी संघ, पाटन सँग्रहालय छन् । कुमारी बैंक लि., नबिल बैंक लि. महालक्ष्मी विकास बैंक लि., नेपाल कमर्सियल इन्टरप्राइजेज प्रालि, गोदरेज, पिएम कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालि, इपास, रोट्याक्ट क्लब अफ पाटन हेरिटेज, रोटरी क्लब अफ काठमाडौं हेरिटेज, रोटरी क्लब अफ ललितपुर, रोटरी क्लब अफ यल र रोटरी क्लब अफ भरतपुरको पनि एक्स्पोलाई साथ दिएका छन् ।

एक्स्पोमा सांस्कृतिक व्यापारिक, फुड र पर्यटन प्रवर्द्धनात्मक लगायत गरी २५ वटा स्टल छन् । ती स्टलहरुका माध्यमबाट स्थानीय उद्योग, व्यवसाय, नेपालमा पाइने खनिजका साथै कला, संस्कृति, सांस्कृतिक गहना तथा कलाकृतिहरु प्रदर्शनीमा राखिएको रोटरी क्लब अफ पाटन हेरिटेजका अध्यक्ष सज्जु व्यञ्जनकारले बताइन् ।

lcci
You might also like

Comments are closed.