फेसियल हाउस पोखरामा ‘निःशुल्क स्किन टेष्ट’ सेवा शनिबारबाट सुरु हुँदै

पोखरा । नेपालको उत्कृष्ट व्युटी सैलुन फेसियल हाउसले पोखरा शाखामा निःशुल्क स्किन टेष्ट सेवा प्रदान गर्ने भएको छ । फेसियल हाउसले चैत ११ र १२ गते  शनिबार र  आइतबार  निःशुल्क स्किन टेष्ट सेवा प्रदान गर्न लागेको हो । यस अगाडि पनि फेसियल हाउसले उक्त सेवा प्रदान गरेको थियो ।

फेसियल हाउसका सञ्चालक एवं वरिष्ठ सौन्दर्यविद् शुष्मा महराको उपस्थितिमा स्किन टेष्ट सेवा सञ्चालन हुनेछ । स्किन टेष्टमा सहभागीलाई महराले निःशुल्क परामर्श सेवासमेत प्रदान गर्नेछिन् ।

पोखराको ट्रेडमलमा बिगत ५ वर्षदेखि फेसियल हाउसले सेवा प्रदान गर्दै आइरहेको छ । छालाको समस्या सम्बन्धी सम्पूर्ण जानकारी सेवाग्राहीले स्किन टेष्ट मेसिनको माध्यमबाट लिन सक्ने महराले जानकारी दिइन् । ‘छालाको अवस्था र सुरक्षाका बारेमा परामर्श प्रदान गर्नेछौं,’ महराले भनिन् ।

jutta mela

पोखरामा फेसियल हाउस लोकप्रिय बन्दै गएको छ । फेसियल हाउसले सौन्दर्यको क्षेत्रमा आएका नयाँ-नयाँ टेक्नोलोजीहरुलाई पछ्याउँदै सेवा प्रदान गर्ने र अन्य भन्दा राम्रो सेवा सुविधा प्रदान गर्ने गरेकौ कारण यसप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको बताइएको छ ।

मुख्य शाखा काठमाडौंको सुन्धारामा रहेको फेसियल हाउसले सिटिसी मल, चावहिल, पोखराको ट्रेड मेल, सुर्खेतको न्यूरोड र कैलालीको धनगढीबाट आफ्नो सेवा दिइरहेको छ ।

You might also like

Comments are closed.