पोखरा । सौन्दर्य व्यवसायमा अग्रणी पहिचान बनाएको फेसियल हाउसले पोखरामा पनि १८औं वार्षिकोत्सव मनाएको छ । यस अगाडि पुस १० गते फेसियल हाउसले काठमाडौंमा भव्य कार्यक्रमसहित वार्षिकोत्सव मनाएको थियो ।
फेसियल हाउसको पोखरा शाखा चिप्लेढुंगास्थित ट्रेड मलमा छ । पोखरा शाखाका कर्मचारीहरुलाई सम्मानसहित शुभकामना आदानप्रदान गरी वार्षिकोत्सव मनाइएको फेसियल हाउसका सञ्चालक तथा वरिष्ठ सौन्दर्यकर्मी शुष्मा महराले जानकारी दिइन् ।

पछिल्लो समय फेसियल हाउसले देशभरका मुख्य शहरहरुमा शाखा विस्तार गर्न सफल भएको छ ।




Comments are closed.