काठमाडौं । नेपालकै उत्कृष्ट फेसियल हाउसले १४ औं दिक्षान्त समारोह सम्पन्न गरेको छ । सो अवसरमा फेसियल हाउसले शुक्रबार आफ्ना प्रशिक्षार्थीहरुलाई एक भव्य कार्यक्रमको आयोजना गरि ब्यूटी सम्बन्धि बेसिक , डिप्लोमा एवं स्पेसल ब्यूटिसियन कोर्ष सम्पन्न गरेको प्रमाणपत्र वितरण गरेको छ । महिला चेम्बरका सभापति उर्मिला श्रेष्ठले प्रशिक्षार्थीलाई ब्यूटिसियन उतिर्णको प्रमाणपत्र वितरण गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै श्रेष्ठले कुनैपनि व्यापार व्यवसाय सुरु गर्दा महिला र पुरुष दुबैको सहभागिता हुनुपर्ने बताइन् । व्यवसायको सुरुवाती चरणमा कोहि कसैले सहयोग गर्दैन आफैले मेहनत गर्नुपर्छ संघर्ष गर्नुपर्छ, उनले भनिन् । सिक्ने र सिकाउने प्रक्रिया निरन्तर चलिरहन्छ यसको अन्त्य नहुने भएकाले सिप सिक्न कहिलै छोड्न नहुने उनले बताइन् ।
कार्यक्रममा विशिष्ट अतिथि सामाजिक अनुसंधानकर्ता एवं लेखक अन्जु शाह सिंहले महिला सक्षम हुन शिक्षासंगै सिप पनि आवश्यक रहेकोले पढाइको साथ सिप सिक्न अभिप्रेरित गर्न हरेक घरका सदस्यलाई आग्रह गरिन् । उनले सिप भएपछि जीवन जिउन सहज हुने र सिप सिकेको प्रमाणपत्र लिने मात्र नभएर यसको गरिमा बढाईराक्न सिकेको कुरालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिइन्
ब्युटिसियन संघका केन्द्रिय अध्यक्ष भगवती खड्काले मानिसले प्रगती गरेको, राम्रो लगाएर हिडेको र राम्रो भएको देख्छन् तर भित्री दुख पीडा र संघर्ष खासै देख्दैनन् । राम्रोको पछाडी खुट्टा तान्ने पनि धेरै हुन्छन् तर पनि जो सङ्ग धैर्य र शहनशिलता छ उसले सफलताको पथमा लम्कन र सफलता हासिल गर्न सजिलै सक्ने बताइन् ।
कार्यक्रममा वरिष्ठ सौन्दर्यविद राजश्री श्रेष्ठले सिप सिकेर प्रमाणपत्र हातमा लिँदैमा सफल नभइने र सफल हुन त्यसलाई कार्यान्वयन ल्याउनुपर्ने बताइन् । त्यतिकै बस्नु उचित हुँदैन । नाम र दाम दुबै कमाएर समाजमा स्थापित हुनु छ भने सो कुराको उदाहरण फेसियल हाउसकी संचालक सुषमा महरालाई लिन सकिने बताईन् ।
कार्यक्रमको स्वागत मन्तव्य कर्पोरेट खबरका संचालक एवं अटो पत्रकार संघका अध्यक्ष उज्वल जंग शाहले गरेका थिए । उनले सबैलाई स्वागत गर्दै महिलालाई सिप तथा तालिमले सशक्त बनाउन फेसियल हाउसले बिगत लामो समयदेखी ब्यूटिपार्लर सम्बन्धि कोर्स संचालन गर्दै आईरहेको जानकारी दिए । उनले यस्ता सिपमुलक कार्यले महिला र पुरुष बीचको भिन्नता अन्त्य गर्न सक्ने र बेरोजगार नागरिकहरुलाई व्यवस्थापन गर्न पनि सीपमुलक तालिम संचालन गरिएको बताए ।
फेसियल हाउसका संचालक सुषमा महराले महिला र पुरुष बीचको भिन्नता अन्त्य गर्न महिलाहरु नै आत्मनिर्भर हुन जरुरी रहेकोले महिलाहरुको लागि सिपमुलक ब्युटी पार्लर तालिम सञ्चालन गरिएको बताइन् । तालिमबाट सिप सिकेर महिलाहरु आयआर्जन गर्न आत्मनिर्भर बन्न सक्ने उनले बताइन् । सिपले महिलाको पहिचान स्थापित गर्ने बताउदै महिलाहरु घरमा मात्र सिमित नभई तालिमबाट सिप सिकेर आर्थिक विकास गर्नुपर्नेमा उनले जोड दिईन् ।
फेसियल हाउसको उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यार्थी अवार्डले क्रमश नमिता श्रेष्ठ र सन्तोष तामाङलाई सम्मान गरिएको छ । सम्मानित श्रेष्ठले सिप सिकेर अहिले आत्माबिश्वास बढेको र अझै पनि कुशल सौन्दर्यकर्मी बन्ने लक्ष्य सदैव रहिरहेको बताईन् । तामाङले यस अवार्डले काम गर्न धेरै हौसला मिलेको बताए ।
उक्त कार्यक्रममा फेसियल हाउसका ७५ जना भन्दा बढी विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण दिपज्योती थापाले गरेकी थिईन् ।
Comments are closed.