गोल्डेन गेट र फेसियल हाउसबीच ‘ब्युटी एण्ड हेयर’ कोर्ष संचालन गर्ने सम्झौता

काठमाडौं । गोल्डेन गेट कलेजमा ब्युटी एण्ड हेयर सम्वन्धी कोर्ष अध्यापन हुने भएको छ । कोर्ष संचालन सम्वन्धमा गोल्डेन गेट कलेज र फेसियल हाउसबीच सम्र्झाता भएको छ ।

शुक्रबार एक कार्यक्रमबीच फेसियल हाउसको तर्फबाट प्रबन्ध निर्देशक सुष्मा महरा शाह र कलेजको तर्फबाट अध्यक्ष रमेश कुमार सिलवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । गेल्डेनगेटका ११ र १२ कक्षाका विद्यार्थीहरूले मानविकी र व्यवस्थापन अन्तर्गत ऐच्छिक बिषयका रुपमा ब्युटिसियन र हेयर ड्रेसिङ फेसियल हाउसमा अध्ययन गर्न पाउने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले ब्युटी एण्ड हेयरलाई पनि प्लस टुमा ऐच्छिक विषयका रुपमा समावेश गरेसँगै कलेज र फेसियल हाउसले यस विषयमा अध्यापन गराउने भएका हुन् ।

कलेजका अध्यक्ष सिलवालले उक्त सम्झौताले विद्यार्थीलाई आत्मनिर्भर बनाउने बताएका छन् । उनले भने, ‘यो सम्झौता विद्यार्थीले पढदै काम गर्दै आत्मनिर्भर बन्ने प्रोडक्ट हो, यो मोडेल सफल भयो भने अन्य संघ संस्थालाई पनि उदाहरणीय हुनेछ ।’ यस्तै उनले यो सम्झौताले ब्युटीसीयन सम्बन्धी राम्रो जनशक्ति उत्पादन हुने उनले विश्वास समेत व्यक्त गरे ।

फेसियल हाउसकी प्रबन्ध निर्देशक शाहले सौन्दर्य क्षेत्रको प्रशंसा गर्दै यस क्षेत्रमा राम्रो स्कोप रहेको बताएकी छन् । कलेजले पाठ्यपुस्तकमा नै यी विषयहरू समावेश गरेर विद्यार्थीलाई थप तालिम लिनुपर्ने बाध्यतालाई अन्त्य गरेको उनले बताईन् । उनले भनिन, ‘बिगतका दिनमा कलेज पढिसकेपछि ब्युटीसीयन सिक्न चाहनेले छुट्टै तालिम लिनु पर्थ्यो, तर अहिले कलेजको पाठ्यपुस्तकमा नै यो विषय समावेश गरेको छ, जसले गर्दा विद्यार्थीले पढ्दा पढ्दै काम पनि गर्न पाउनेछन् ।

काठमाडौंको सुन्धारामा  रहेको फेसियल हाउस देशकै उत्कृष्ट सैलुनहरू मध्ये नं १ ब्युटी सैलुनको रुपमा परिचित छ । चाबहिल, बागबजार, सीटीसी मल, पोखरा र सुर्खेतमा फेसियल हाउसको शाखा रहेको छन् । फेसियल हाउसले छाला, कपाल सम्बन्धीका समस्यालाई ध्यानमा राखी चीन, मलेसिया, कोरिया र थाइल्याण्डका कम्पनीसँगको साझेदारीमा थोक तथा खुद्रा कस्मेटिक्स सेवाका साथै ब्युटी एण्ड हेयर सम्बन्धी अध्यापन पनि गराउँदै आएको छ ।

विगत १५ वर्षदेखि शैक्षिक सेवा प्रदान गर्दै आएको गोल्डेनगेट इन्टरनेसनल कलेज देशकै उत्कृष्ट कलेज मध्यको एकमा गनिन्छ । बत्तिसपुतलीमा रहेको यस कलेजले विज्ञान, मानविकी र व्यवस्थापन विषयमा अध्यापन गराउँदै आएको छ ।

 

You might also like

Comments are closed.