खोपको व्यवस्था गर्न फेन्सी तथा रेडिमेड व्यवसायीको माग

पोखरा । फेन्सी तथा रेडिमेड व्यवसायी संघ, कास्की पोखराले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संघले व्यवसायीलाई छिटो भन्दा छिटो खोप उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेको संघका अध्यक्ष राजु पौडेलले जानकारी दिए ।

कोरोना महामारीका कारण समग्र अर्थतन्त्र नै तहसनहस भएको र अहिले केही कम हुदै गएपनि व्यवसाय ठप्प हुँदा व्यवसायी रोगले भन्दा भोकले मर्ने अवस्था सृजना भएको उनले बताए ।

साथै कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्नेगरि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि व्यवसाय संचालन गर्ने वातावरण सृजना गर्न सहजिकरण गरिदिन पत्र मार्फत ध्यानाकर्षण गराईएको छ ।

jutta mela

You might also like

Comments are closed.