फेन्सी तथा रेडिमेड व्यवसायीको शुभकामना आदानप्रदान कार्यक्रम

पोखरा । फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराको आयोजनामा नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना आदानप्रदान तथा वार्षिक भित्तेपात्रो विमोचन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

पोखरा उद्योग वाणिज्य संघका वरिस्ठ उपाध्यक्ष पवन प्रजापतीको प्रमुख आतिथ्यतामा तथा संस्थाका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु, कार्यसमिति सदस्यहरु, साधारण सदस्य तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको भिते पात्रो बिमोचन कार्यक्रम संयोजक नबराज त्रिपाठीले जानकारी दिए ।

कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष एक नारायण पनेरूले राखेका थिए भने कार्यक्रम सञ्चालन महासचिव नारायणी दवाडीले गरेकी थिइन् ।

कार्यक्रममा सल्लाहकारहरु गिरधारी अधिकारी, मीन राज काफ्ले, केशव खत्री, संस्थापक अध्यक्ष कमल नाथ कुँवर, निबर्तमान अध्यक्ष प्रदिप मुल्मी, आजीवन सदस्य टामलाल घिमिरे, बस्तुगत तर्फबाट थोक व्यवसायी समितिका लेखनाथ सुवेदी, कस्मेटिक व्यवसायी प्रेम सुवेदी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.