काठमाडौं । नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको छ। नेपालका लागि आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले भी७ई मोडलको विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको हो।
कम्पनीका अनुसार फराइजनको उक्त भ्यान नेपाली बजारमा उपलब्ध भ्यान सेग्मेन्टमध्ये सबैभन्दा धेरै फिचरयुक्त मोडल हो। जिली र सीएटीएलको सहकार्यमा विकसित २सी (तियानसिङ सिरिज) प्रविधिको ५०.२३ किलोवाट आवर क्षमताको ब्याट्री भ्यानमा प्रयोग गरिएको छ। जीएक्सए–एम ईभी प्लेटफर्ममा निर्माण गरिएको उक्त भ्यान सुरक्षित र आरामदायी रहेको कम्पनीको दाबी छ। ईभी प्लेटफर्ममा निर्माण भएकाले नेपालको खाल्डाखुल्डी सडकमा समेत ब्याट्री सुरक्षित रहने कम्पनीले जनाएको छ।
नयाँ ब्याट्री प्रविधिका कारण ब्याट्रीको आयु लामो हुनुका साथै छिटो चार्ज हुने र बढी रेन्ज दिने कम्पनीको दाबी छ। कम्पनीका अनुसार भ्यानलाई १२ मिनेटमै २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
१३ सिट क्षमताको भ्यानमा ३६० डिग्री क्यामेरा, अटो होल्ड, कीलेस इन्ट्री तथा स्टार्ट, एन्ड्रोइड अटो र एप्पल कारप्लेसहितका सुविधा छन्। त्यस्तै, १२.३ इन्चको टचस्क्रिन र ७ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ।
भ्यानमा फ्रन्ट डुअल एयरब्याग, रेन सेन्सिङ वाइपर, अटो हेडलाइट र हिल होल्ड कन्ट्रोललगायतका सुरक्षा तथा सुविधा फिचर उपलब्ध छन्।
कम्पनीले नयाँ फराइजन ईभी भ्यानले नेपाली बजारमा यात्रुवाहक तथा व्यावसायिक विद्युतीय सवारीको विकल्प विस्तार गर्ने विश्वास व्यक्त गरेको छ।






Comments are closed.