व्यावसायिक फार्म प्रदेश सरकारमार्फत दर्ता हुने

बागमती । अबदेखि बागमती प्रदेशभित्रका सबै जिल्लाका व्यावसायिक फार्म प्रदेश सरकारमार्फत दर्ता हुने भएको छ । आइतबार एक कार्यक्रमबीच  प्रदेश मातहत आउन बाँकी रहेका उपत्यकाका तीनवटा जिल्लाका वाणिज्य प्रशासनसम्बन्धी कार्य प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका मुख्यमन्त्री डोरमणि पौडेल तथा वाणिज्य विभागका महानिर्देशकले भिडियो कन्फरेन्समार्फत सेवाको शुभारम्भ गरेका हुन् । व्यवसाय दर्ताको काम प्रदेश मातहत आएपछि सेवा अझ चुस्तदुरुस्त हुने पौडेलले बताए । पौडेलले प्रदेश सरकारको आयस्रोत वृद्धि हुने बताए । सरकार जनताको घरदैलोबाटै सेवा दिने प्रयासमा जुटेको उनको भनाई छ ।

प्रदेश सरकार स्थापना भएपछि उपत्यका बाहेकका सबै जिल्लामा व्यवसाय सञ्चालन फारम प्रदेश सरकारअन्तर्गत दर्ता हुँदै आएको भए पनि उपत्यकाका तीन जिल्लाका व्यावसायिक फारम वाणिज्य विभागले दर्ता गर्ने व्यवस्था थियो । हस्तान्तरणपछि यो अधिकार विभागबाट घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरमा सरेको बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिए ।

jutta mela

यसैबीच घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँका प्रमुखले पहिलो सेवाग्राही रोज श्रेष्ठको वाणिज्य फर्म दर्ता गरी आइतबारबाट सेवा शुभारम्भ गरेका छन् । बागमती प्रदेशका प्रमुख सचिव डा मानबहादुर विके, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा सिन्धु ढुङ्गानालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

You might also like

Comments are closed.