काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को अध्यक्षमा राजु निरौला निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको १२औं वार्षिक साधारणसभामा भएको निर्वाचनबाट उनको प्यानलनै विजयी भएको हो । यस अगाडिको कार्यसमितिमा उनले महासचिव भएर जिम्मेवारी बहन गरेका थिए । महासचिव भन्दा अगाडि सचिव भएर काम गरिसकेको अनुभव उनीसँग छ ।
संघको उपाध्यक्षमा उमेश कुश्वार, अमित बाबु ढुङ्गाना, दीपक सिलवाल निर्वाचित भएका छन् । महासचिवमा छविन्द्र ओझा, सचिवमा इन्द्रजित गौतम र पृथ्वीबहादुर चन्द निर्वाचित भए । कोषाध्यक्षमा दीपेन्द्र पोखरेल, सहकोषध्यक्षमा गौतम पुडासैनी निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यमा राजकुमार ढकाल, मञ्जु लामिछाने, रोशन खरेल, एलिजा उप्रेती, सञ्जय बस्नेत, खगेन्द्र श्रेष्ठ, महेश हमाल निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित गराउने सम्पूर्ण फेकन सदस्यहरुप्रति नवनिर्वाचित अध्यक्ष निरौलाले आभार व्यक्त गरेका छन् । फेकनलाई व्यवसायीमैत्री बनाउँदै आफू अगाडि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् । फेकन ३ प्रदेशमा विस्तार भइसकेको र आफ्नो कार्यकालमा सातै प्रदेशमा विस्तार हुने उनले जानकारी दिए ।
नयाँ शिक्षा ऐन आउने तयारीमा रहेको र उक्त ऐनमा धरौटीको विषयमा पनि जोडिएको आफूहरुले त्यसको व्यापक विरोध गर्ने उनले बताएका छन् । एनओसीको समस्या समाधानमा पहल गर्ने, व्यवसायीलाई तालिमहरु प्रदान गर्ने लगायत प्रतिबद्धता निरौलाले गरेका छन् ।
आफूले टिमवर्कमा विश्वास गर्ने सम्पूर्ण कार्यसमितिको साथ र सहयोग लिएर देशभर रहेका फेकन मेम्बरहरुको अभिभावकीय भूमिका निर्वाह गर्ने अध्यक्ष निरौलाको प्रतिबद्धता छ ।
Comments are closed.