काठमाडौं । नेपालभरका वितरक व्यवसायीहरूको छाता संस्था नेपाल वितरक महासंघले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष’मा १० लाख १० हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । प्राकृतिक विपद्का कारण प्रभावित बनेका नागरिकहरूलाई राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले महासंघले उक्त रकम कोषमा जम्मा गरेको हो ।
यसका साथै, विपद्बाट प्रभावित स्थानीय वितरक व्यवसायीहरूको तत्काल राहतका लागि महासंघले नुवाकोट वितरक संघलाई छुट्टै ३ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । नुवाकोटका पीडित वितरक व्यवसायीहरूलाई तत्काल राहत पु¥याउन सो रकम हस्तान्तरण गरिएको हो ।
‘प्राकृतिक विपद्को यस कठिन परिस्थितिमा प्रभावित सर्वसाधारण र संकटमा परेका हाम्रा व्यवसायी साथीहरूलाई राहत पु¥याउनु हाम्रो प्रमुख दायित्व हो । देशभरका वितरक व्यवसायीहरूको सामूहिक प्रतिबद्धता र हातेमालोबाट यो सहयोग सम्भव भएको हो । महासंघ संकटको हरेक घडीमा सामाजिक र व्यावसायिक हितका लागि सधैँ अगाडि रहनेछ,’ महासंघका अध्यक्ष दुर्गाप्रसाद गौतमले भने ।

महासंघले आगामी दिनमा पनि विपद् तथा कठिनाइको समयमा व्यवसायी तथा आम नागरिकको हितमा निरन्तर सहयोग र समन्वय जारी राख्ने प्रतिबद्धता जनाएको छ ।



Comments are closed.