काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफ्नो सातौं राष्ट्रिय महाधिवेशन आगामी वर्ष २०८२ को कार्तिक १४ गतेभित्र सम्पन्न गर्ने घोषणा गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले महाधिवेशनको तयारी सुरु भएको जानकारी दिए ।
महासंघका महासचिव डेकनाथ गौतमद्वारा हस्ताक्षरित सूचना अनुसार, २०८१ असार २७ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको हो । महाधिवेशन अघि, महासंघले २०८२ भदौ ३१ गतेभित्र सबै जिल्ला तथा प्रदेश अधिवेशनहरू सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
महाधिवेशनको तयारी स्वरूप, महासंघले देशभरका मालवाहक तथा यात्रुवाहक संघ, समिति, कम्पनी र प्रालिहरूलाई सदस्यता नवीकरण गर्न र नयाँ सदस्यता लिन आह्वान गरेको छ । सदस्यता नवीकरण र नयाँ सदस्यता लिन इच्छुक व्यक्तिले आगामी साउन २१ गते सम्म नाम टिपाइ सक्नुपर्ने छ ।
महाधिवेशन तयारीका मुख्य मितिहरू:
सदस्यता नवीकरण र नयाँ सदस्यता लिने अन्तिम मिति: २०८२ साउन २१ गते ।
नवीकरण भएका सदस्यहरूको अन्तिम नामावली प्रकाशन: २०८२ साउन ३१ गते ।
सूचनामा २०७४ सालमा चितवनमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनमा सहभागी भएका संघ(संस्थाहरूले आर्थिक वर्ष २०८१र८२ को शुल्क तिरेर सदस्यता नवीकरण गर्न सक्ने विशेष व्यवस्था गरिएको पनि उल्लेख छ ।
Comments are closed.