‘फिन इलेक्ट्रो टेक’ आजबाट, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तरलाई जोड

काठमाडौं । विद्युतीय सामग्रीको व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्न ‘फिन इलेक्ट्रो टेक २०२४’ को आयोजना गरिएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा ११ औँ संस्करणको मेला काठमाडौंको भृकुटीमण्डपमा कात्तिक २९ गतेदेखि मङ्सिर २ गतेसम्म (४ दिन) ‘फिन इलेक्ट्रो टेक २०२४’ सञ्चालन हँुदैछ ।

विद्युत तथा विद्युतीय सामग्रीको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धन गर्न ‘फिन इलेक्ट्रो टेक’ आयोजना गरिएको हो । मेलामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय स्तरको बृहत प्रदर्शनी हुँदै आएको छ । यस वर्ष ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ को नारासहित ‘फिन इलेक्ट्रो टेक २०२४’ को आयोजना हुँदैछ ।

नेपाल विद्युतीय व्यवसायी महासंघले विद्युत जस्तो संवेदनशील क्षेत्रमा व्यवसाय गर्ने विद्युत व्यवसायीका लागि आफ्ना सदस्यमार्फत सुरक्षालाई ध्यानमा राख्दै नविनतम र गुणस्तरीय सामग्री बिक्री वितरणमा अविभावकत्व ग्रहण गर्दै आएको छ । आमउपभोक्तालाई पनि नविनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउन यस कार्यक्रम गर्न लागिएको महासचिव गोपाल अग्रवालले बताए ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रबिधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीलाई एकै स्थानमा जमघट गराएर व्यावसायिक प्रवद्र्धन गर्नका लागि मेला आयोजना गरिएको आयोजकको भनाइ छ । साथै यी उद्योगमा भएका नविनतम उपलब्धीबारे सूचना आदानप्रदान गर्ने तथा उपभोक्तामा उर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पु¥याउने लक्ष्य रहेको अग्रवालले बताए । ‘उद्योगी, व्यवसायी एवं उद्यमीमाझ अनुकुल व्यावसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्नुका साथै उपभोक्ताको हकहित सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु मेला प्रदर्शनी अवधिभर सञ्चालन गरिनेछ,’ उनले भने ।

प्रदर्शनीलाई सहभागीमुलक एवं सूचनामूलक बनाउन विभिन्न विषयमा गोष्ठी, कार्यपत्र प्रस्तुती तथा अन्र्तक्रिया कार्यक्रमहरू सञ्चालन हुनेछन् । प्रर्दशनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्र, उद्योगी व्यवसायी, सरकारका उच्च अधिकारी, आर्किटेक्चर, इलेक्ट्रिकल इन्जिनियर, इन्टेरियर डेकोरेटर, प्राविधिककर्मी, नेपालभरका विद्युतीय व्यवसायी, मिडियाकर्मी, विद्यार्थी एवं सर्वसाधारण गरी ५० हजार भन्दा बढीले अवलोकन गर्ने विश्वास लिएको अध्यक्ष रेशमप्रसाद देवकोटाले जानकारी दिए ।

हलभित्र ४४ वटा ब्लकहरु, २८ स्टलहरु रहेको प्याभिलिएन बनाइएको छ । हलबाहिर डोममा २६ वटा स्टलहरु रहनेछन् । हलभित्र र हलबाहिर गरी ९८ वटा प्याभिलियन तथा स्टलहरु रहने आयोजकले जनाएको छ । यस पटकका फिन इलेक्ट्रो टेकमा हलभित्रको २८ स्टलहरुमा ‘इन्डिया पावर शो’ हुनेछ । ती स्टलहरु भारतीय उद्योगी एवं व्यवसायीले बुकिङ गरेका छन् ।

‘फिन इलेक्ट्रो टेक २०२४’ को मुख्य प्रायोजकमा ट्रान्सवेल्ड ट्रान्सफर्मर रहेको छ । नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ । प्रदर्शनीमा अधिकांश सहभागी संस्थाले उपभोक्तासंग प्रत्यक्ष अन्र्तक्रिया गरी आफ्ना उत्पादनबारे जानकारी दिनेछन् भने अवलोकनकर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकका लागि छुट्टै बिक्री क्षेत्रको व्यवस्था गरिएको छ ।

इलेक्ट्रो टेकको यस संस्करणमा टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) र प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रा.लि.), डायमण्ड स्पोन्सरमा अर्किड इलेक्ट्रिकल्स (अर्किडे इलेक्ट्रिकल्स प्रा.लि.) र जानकी केबल (जानकी केबल इन्डस्ट्री प्रा.लि.) रहेका छन् । प्रदर्शनीका गोल्ड स्पोन्सरमा सि.एन एस. (प्राइम भेन्चर्स प्रा.लि.), लिशा एण्ड टिन्ज (वेलकम टेक्नोल प्रा.लि.), स्विफट गोल्ड (बबिता ट्रेडर्स) र के.इ.आई. जनता (जनता केबल इन्डस्ट्रिज प्रा.लि.) रहेका छन् ।

अफिसिएल बैंकमा गरिमा विकास बैंक लिमिटेड, अफिसिएल इन्स्योरेन्समा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, अफिसिएल क्यारियरमा ग्लोबल कलस लजिस्टिक, फ्लोरिङ पार्टनर हेरिटेज कार्पेट रहेको छ भने कार्डस्पोन्सरमा केइआई वायर एवं केबल (केइआइ उद्योग लिमिटेड, इण्डीया) रहेको छ ।

स्वदेशी उत्पादन लगायत भारत, चिन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया लगायतका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरु प्रदर्शनमा रहेको इलेक्ट्रो टेकको यस ११ औँ संस्करणमा ट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सि एण्ड एस, लिशा, टिन्ज, स्विफट गोल्ड, केइआई, जनता, एच.पि.एल., फिलिप्स, हेभल्स, सिमेन्स, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, अल्मिक, लिब्राइट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यान लगायतका स्वदेशी तथा विदेशी ब्राण्डको सहभागिता रहनेछ ।

lcci
You might also like

Comments are closed.