फेवा महोत्सवको तयारी अन्तिम चरणमा

काठमाडौं ।  होटल संघ पोखरा नेपालको आयोजनामा पोखराको लेकसाइडमा यही चैत २९ गतेबाट सुरु हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सको तयारी अन्तिम चरमा पुगेको छ ।

संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले  शुक्रबार पत्रकार सम्मेलनमा फेवा नब बर्ष महोत्सको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । नयाँ वर्षको अवसरमा पोखराको लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लन चोकसम्मको सडकमा यो महोत्सव हुन लागेको हो । उद्घाटनका दिन खहरे चोकबाट सांस्कृतिक झाँकी सुरु भई अम्मटमा पुगेर उद्घाटन सभामा परिणत हुने संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

लाइभ संगीत, ख्याती प्राप्त कलाकारको गायन प्रस्तुती, सांस्कृतिक झाँकी र खानाका परिकार महोत्सवमा रहने उनले बताए । महोत्सवलाई लक्षित गरी प्रकाशित दररेटमा २० प्रतिशत छुट संघ अन्तर्गतका होटलहरुले प्रदान गर्ने संघले जनाएको छ । याक ब्रुअरीको बाह्रसिंगे वियर महोत्सवको मुख्य प्रायोजक रहेको छ ।

थला परेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्दै आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्धेश्यका साथ पर्यटन, संस्कृति र खानालाई जोड दिएर महोत्सव हुन लागेको हो । नेपाली नयाँ वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचारप्रसार गरी हर्ष, उल्लासका साथ मनाउँदै गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले संचालन हुने महोत्सवले गण्डकी प्रदेशको जातीय भेषभुषा, रहनसहन, खानपान, साँस्कृतिक पक्षहरुको उजागर र प्राकृतिक सम्पदाहरुको प्रर्वद्धन गर्ने विश्वास संघले लिएको छ । त्यस्तै, उक्त महोत्सवमा ५० हजार पर्यटक भित्राउने लक्ष्य लिएको अध्यक्ष सुवेदीले बताए ।

पछिल्लो क्रममा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना र पृथ्वीराजमार्गको अव्यवस्थित तथा सुस्त गतिको स्तरोन्नतीले यस क्षेत्रको पर्यटन आगमनदरमा प्रत्यक्ष मार परेको अध्यक्ष सुवेदीले विज्ञप्तीमा बताएका छन् ।

होटल संघ नेपालका द्वितीय उपाध्यक्ष प्रवीनबहादुर पाण्डेले नेपाल सरकारले पर्यटक भित्र्याउनका लागि विशेष पहल गर्नुपर्ने बताए । पर्यटन क्षेत्रको प्रवद्र्धन लागि राज्य र व्यवसायी एकाकार भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

होटल सङ्घ पोखराका पूर्वअध्यक्ष भरतराज पराजुलीले नेपाली नयाँ वर्षका बारेमा विदेशीलाई चिनाउनका लागि नयाँ वर्ष पारेर महोत्सव आयोजना गरिएको जानकारी दिए । पोखराको लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको सडकमा महोत्सव आयोजना हुने उनको भनाइ छ ।

महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, विभिन्न खानाका परिकारको स्वाद लिन पाइने होटल संघ पोखराले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाका तर्फबाट एकतर्फी रुपमा बढाइएको ब्याजदरका कारण होटल क्षेत्र अहिले उकुसमुुकुसको अवस्थाबाट गुज्रनु परेको संघले जनाएको छ । पर्यटन क्षेत्र समस्यामा परे पनि आफूहरु धैर्यताका साथ आसावादी भएर बसेको अध्यक्ष सुवेदीले सुनाए

। व्यवसायीले कोभिड अघि कमाएको पैसा र केही सुन तथा जग्गाको सहयोगमा विचमा बैंकको ऋण तिरिए पनि अहिले बैंकको साँवा र व्याज तिर्न सक्ने अवस्थामा व्यवसायी नभएको उनले बताए ।

 

You might also like

Comments are closed.