काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा.रामेश्वर खनालले मन्त्री पद सम्हाले पनि अतिरिक्त सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । सुशीला कार्की नेतृत्वको सरकारले उनलाई अर्थमन्त्रीमा नियुक्त गरेको हो । खनालले मन्त्री पद स्विकार गर्दा चारवटा सुविधा नलिने घोषणा गरेका छन् ।
तीमध्ये निजी सुरक्षागार्ड (पीएसओ), सरकारी गाडी, तलब तथा अन्य भत्ता नलिने र नामको अगाडि ‘माननीय’ नलेख्ने रहेका छन् । बालुवाटार निकट स्रोतका अनुसार, खनालले स्पष्ट रूपमा तलबबाहेक कुनै सुविधा नलिने र अनावश्यक सरकारी खर्च कटौती गर्ने शर्तसहित पद स्विकार गरेका हुन् । पूर्वसचिव खनाल आफ्नो इमान्दार छविका कारण चिनिन्छन् ।
उनले तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि सरकारी सुविधा अस्वीकार गरेका थिए । केही समयअघि उनले सरकारी खर्च कटौतीबारे सुझाव दिने समितिको नेतृत्व गरेका थिए । सार्वजनिक प्रशासन सुधार र मितव्ययी खर्चको पक्षधरका रूपमा खनाल दीर्घकालदेखि सक्रिय रहँदै आएका छन् ।
Comments are closed.