पोखरा । अन्नपूर्ण महिला सन्जालको आयोजना तथा ग्रीन डेभलपमेन्ट बैंक लिको सहजीकरणमा शनिबार वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल मनी वीक २०२६ को अवसरमा ग्रीन डेभलपमेन्ट बैंकले वित्तीय साक्षरताको ज्ञान सीप र मनोवृत्तिको विकास गर्ने उदेश्यले कार्यक्रम गरिएको हो ।
अन्नपूर्ण गाउँपालिका वडा नं २ कास्कीको सभाहलमा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर के.सीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उद्घाटन पश्चात अध्यक्ष के.सीले यस्तो उपयोगी प्रभावकारी र समयसापेक्ष कार्यक्रम आयोजना गरेको मा खुशी व्यक्त गरे । उनले विशेष गरी महिला दिदीबहिनीहरु आर्थिक रुपमा सबल भए भने घर परिवारको अवस्था सुधार भई र समाजमा सकरात्मक परिर्वतन आउँने बताए ।
कार्यक्रममा बैंकका सहायक महाप्रवन्धक संयुक्त बहादुर धाख्वा, पोखरा कलस्टर प्रमुख हरि अधिकारी र शाखा प्रवन्धक पदम लाल अधिकारीले वित्तीय साक्षरताको आधारभुत ज्ञान तथा डिजिटल मोवाइल बैंङकिङको आवश्यकता तथा महत्वका विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, वडाध्यक्ष पिताम्बर भण्डारी, अन्नपूर्ण वडा नं १ का वडाध्यक्ष तुलसी अधिकारी, कार्यपालिका सदस्य नारायण परियार ,वडा सदस्य माया अधिकारी , पूर्व वडाध्यक्ष चूडामणि अधिकारी तथा पूर्व कार्यपालिका सदस्य तथा आवाज आमा समूहका अध्यक्ष भगवती भण्डारी लगायतको उपस्थिति थियो ।
कार्यक्रममा सामाजिक संघसंस्थाका प्रतिनिधी, वडा नं २ महिला सन्जालका सदस्य, आमा समूहका सदस्य, विभिन्न सामाजिक संस्थाका अध्यक्ष तथा प्रतिनिधीको गरी ७५ जनाको उपस्थिति थियो ।
उपस्थित सहभागीले बचत , कर्जा , कर ,बिमा, डिजिटल बैंकिङ, अनुदानका विषयमा जिज्ञासा राखेका थिए। सहभागीको जिज्ञासालाई सम्बोधन गर्दै बैंकका सहायक महाप्रवन्धक संयुक्त बहादुर धाख्वा, कलस्टर प्रमुख हरि अधिकारी र शाखा प्रवन्धक पदम लाल अधिकारीले स्पष्ट पारेका थिए ।
संस्था अध्यक्ष सरला त्रिपाठी भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष हिरु मल्ल र सन्चालन सचिव सीता शर्मा अधिकारीले गरेकी थिइन्।






Comments are closed.