पोखरा । पोखरा १७ तल्लो बिरौटामा अबस्थित फिस्टेल एकेडेमीले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न तहमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुलाई छुट्टाछुट्टै भेला गरी कार्यक्रम गरिएको हो । सो अवसरमा अभिभावकले आफ्ना विद्यार्थीलाई ध्यान दिनुपर्ने विषयका बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।
सो अवसरमा विद्यार्थीमा शारीरिक वृद्धि विकासको अवस्था, आइपर्ने विभिन्न समस्या र समस्या समाधानका विधिका बारेमा विद्यालयका मिडल स्कुलको अर्डिनेटर कमल लामिछाने, प्राचार्य डा. त्रिदेब उपाध्यायले अभिमुखीकरण गरेका थिए ।
कार्यक्रममा विद्यार्थीको चारित्रिक तथा मानसिक विकासमा अभिभावकको महत्वपूर्ण भुमिका हुने हुँदा उनीहरुलाई सचेत र पुनर्ताजगी गर्न उक्त अभिमुखीकरण आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले बताए । अभिभावकीय भुमिका कलात्मक हुनुपर्ने भन्दै उनले विद्यार्थीको सर्बाङ्गिण विकासका हेतु विद्यालय र अभिभावकको संयोजनकारी भुमिका नै आवश्यक भएकी उल्लेख गरे ।
सो अबसरमा विद्यालयका संस्थापक उपाध्यक्ष अञ्जु बस्नेत रानाभाट, निर्देशक एरिका रानाभाट, निर्देशक एलिश रानाभाट, प्रशासन प्रमुख अग्नि सिवाकोटी लगायतले बोलेका थिए ।
Comments are closed.