फिस्टेल ओपन हाउस शनिबारबाट

पोखरा । पोखरा १७, तल्लो बिरौटामा रहेको फिस्टेल एकेडेमी माध्यमिक विद्यालयले यही फागुन १९ गतेबाट फिस्टेल ओपन हाउस कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

गुणस्तरीय एवं विश्वबजारले माग गरे अनुसारको शिक्षा प्रदान गर्दै आइरहेको विद्यालय अतिरिक्त क्रियाकलापमा समेत अब्बल छ । यो विद्यालय पोखराकै एक मात्र आई.बी.पी.वाई.पी. प्रस्तावित प्रगतिशील विद्यालय हो ।

विद्यालयमा मन्टेस्वरीदेखि कक्षा १२ सम्मको पढाइ सञ्चालन भइरहेको छ । आई.बी.पी.वाई.पी. शिक्षण पद्धति तथा विद्यालयका समग्र गतिविधिका बारेमा नयाँ र पुराना सबै अभिभावकहरूलाई जानकारी दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको संस्थापक अध्यक्ष चिनु रानाभाटले जानकारी दिए ।

शनिबार हुने कार्यक्रममा अभिभावकहरूले विद्यालय भ्रमण गरी आवश्यक जानकारी लिन सक्ने छन् । नमुना कक्षाको प्रदर्शनी, विद्यार्थीहरूद्वारा तयार पारिएका सामग्रीहरूको प्रदर्शनीका साथै विभिन्न सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको छ ।

यसैगरी विभिन्न खेलकुदका कार्यक्रम र फुड स्टलहरूको प्रदर्शनीसमेत रहेको कुरा विद्यालयका सहायक प्रधानाध्यापक कमल लामिछानेले जानकारी दिए ।

शनिबार सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त व्यक्तिहरूको समेत उपस्थिति रहने बताइएको छ । विद्यालय भ्रमणको कार्यक्रम यही फागुन १९ गते शनिबारबाट चैत्र मसान्तसम्म निरन्तर चल्ने जनाइएको छ ।

You might also like

Comments are closed.