फिस्टेल एकेडेमीद्वारा ‘एसइई कप’ आयोजना

पोखरा । पोखरा १७ तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ को औपचारिक उद्घाटन सोमबार भएको छ । विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाटले रेफ्रीलाई बल हस्तारण गर्दै कार्यक्रमको उद्घाटन गरे ।

सोमबार प्रिक्वाटरफानलका ८ खेलहरू सम्पन्न भए । पहिलो खेलमा नेपाल आदर्शले वाक ओभर दिएपछि कालिका मावि स्वतः विजयी भयो । दोस्रो खेलमा पोखरा पब्लिकलाई ३–२ को पेनाल्टी सुट आउटमा पराजित गर्दै ढुङ्गेसाँघु मावि क्वाटरफानलमा प्रवेश गरेको छ । तेस्रो खेलमा न्यु लेखनाथ एकेडेमीले शिशुनिकेतनलाई ६–१ ले पराजित ग¥यो भने चौँथो खेलमा शान्तिनिकुञ्जले बालोदयलाई २–१ गोल अन्तरले पाखा लगायो ।

सोमबार नै सम्पन्न पाँचौँ खेलमा लिटिल फ्लावरले नेसनल इन्भेन्टिभलाई ८–७ को पेनाल्टी सुट आउटमा बाहिर पठाउँदा भद्रकाली माविले एलपी देवकोटालाई १–० ले पराजित ग¥यो । सातौं खेलमा रेन्बो एकेडेमीले २–१ गोलको नतिजा निकाल्दै वेलनन एकेडेमीलाई पराजित ग¥यो भने अन्तिम खेलमा पेनाल्टी सुट आउटको २-१ गोल नतिजामा मदरल्यान्डले फिस्टेल एकेडेमीलाई पराजित ग¥यो ।

एसइई २०८० मा सम्मिलित विद्यार्थीलाई समेट्दै आयोजना गरिएको खेलको क्वाटरफाइनलका खेल मङ्गलबार सम्पन्न हुने छन् भने सेमिफानल र फाइनलका खेलसँगै बुधबार औपचारिक समापन हुनेछ ।

खेलमा विजेता र उपविजेताले क्रमशः १५ हजार र १० हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् । लिग कम नक आउट प्रणालीमा खेलाइने छात्रातर्फको ३३ बास्केटबलका खेलहरू पनि मङ्गलबारबाट सुरु हुने छन् । विजेता र उपविजेताले क्रमशः १० हजार र ५ हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

You might also like

Comments are closed.