१८ तस्बिरमा हेरौं ६५ रोपनी जग्गामा निर्माण गरिएको ‘फिस्टेल ड्रिम पार्क’

पोखरा । पोखराको सीतापाइलामा निकै आकर्षक पार्क तयार भएको छ । निर्माणको काम अन्तिम चरणमा पुगेको ‘फिस्टेल ड्रिम पार्क’ अब छिट्टै सञ्चालनमा आउने तयारीमा छ । ६५ रोपनी जग्गामा निर्माण गरिएको पार्कमा २ दर्जन भन्दा बढी खेलहरु समावेश गरिएका छन् । यहाँ फ्रिफल, ५ वटा स्विमिङ पुल, वेव पुल, रोलर कस्टर, १२ वटा इनडोर गेम लगायत विभिन्न गतिविधि समावेश गरिनेछ । बच्चा, युवादेखि बृद्धहरुसम्म खेल्न, भुल्न तथा रमाउन मिल्ने गरी पार्क तयार भएको हो । पार्क सञ्चालनमा आएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने लगानीकर्ताहरुको विश्वास छ ।

jutta mela

You might also like

Comments are closed.