फिस्टेल लजले ल्यायो ‘विन्टरबर्न एट फिस्टेल लज’ अफर

पोखरा । फेवातालसँगै रानीवनको काखमा रहेको फिस्टेल लज धेरै आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्छ । होटल अन्नपूर्णको व्यवस्थापनमा सञ्चालित फिस्टेल लजले समय समयमा अफरहरु समेत ल्याउने गरेको छ । यसैक्रममा फिस्टेल लजले ‘विन्टरबर्न एट फिस्टेल लज’ अफर ल्याएको छ । लजले २ रात ३ दिनको अफर सार्वजनिक गरेको हो ।

स्थानीय र नेपाली पर्यटकलाई लक्षित गरि अफर ल्याइएको लजले जनाएको छ । अफर अन्तर्गत स्पामा थप २० प्रतिशत छुट र कायकिङमा १५ प्रतिशत छुट प्रदान गरिएको छ । जिमको पनि सुविधा रहेको छ । अर्लि चेक इन र लेट चेक आउटको सुविधा पनि लजमा छ ।

१३ फेब्रुअरी २०२२ सम्म अफर जारी रहने बताइएको छ । एक जनाको लागि १६ हजार ९ सय ९९ सय रुपैयाँ र २ जनाको लागि १९ हजार ९ सय ९९ रुपैयाँको प्याकेज अन्तर्गत अफर सार्वजनिक गरिएको हो ।

jutta mela

रिसोर्टको सेवा सुविधा अनुसार यो प्याकेज निकै सस्तो रहेको बताइएको छ ।

You might also like

Comments are closed.