फिस्टेल एसइई कपमा फिस्टेल र भद्रकाली च्याम्पियन

पोखरा । पोखरा १७ तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ मा ३र३ छात्रा बास्केटबलतर्फ फिस्टेल एकेडेमी र सेभेन ए साइड फुटबलतर्फ भद्रकाली मावि च्याम्पियन बनेका छन् ।

बुधवार सम्पन्न बास्केटबलको फाइनल खेलमा फिस्टेल एकेडेमीले कुमुदिनी होम्सलाई पराजित गरी च्याम्पियन बनेको हो भने फुटबलतर्फ शान्तिनिकुञ्जलाई २–१ गोलले पराजित गर्दै भद्रकाली मावि च्याम्पियन बन्यो ।

यस अगाडि सेमिफाइनलको पहिलो खेलमा शान्तिनिकुञ्जले कालिका माविलाई २–१ ले पराजित गरी फाइनलको यात्रा तय गरेको थियो भने भद्रकालीले मदरल्यान्ड माविलाई ७–० ले पराजित गरेको थियो ।

बास्केटबलतर्फको सेमिफाइनलमा फिस्टेल एकेडेमीले हिलप्वाइन्टलाई र कुमुदिनीले बालकल्याणलाई पराजित गर्दै फाइनलको यात्रा गरेका थिए ।

एसइई २०८० मा सहभागी भएका विद्यार्थीबीच भएको फुटबल तथा बास्केटबल खेलका विजेता र उपविजेतालाई प्रमुख अतिथि वडा नं. १७ का वडाध्यक्ष राधिका कुमारी शाही, विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाट, घारीकुलो टोल विकास समितिका अध्यक्ष
गोविन्द गिरी र तल्लो बिरौटा टोल विकास समितिका अध्यक्ष फर्सबहादुर कुँवरले संयुक्त रूपमा नगद, प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरे ।

फुटबलतर्फ विजेता र उपविजेताले क्रमशः १५ हजार र १० हजार तथा बास्केटबलतर्फ क्रमशः १० हजार र ५ हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

You might also like

Comments are closed.