नेपाल उद्योग वाणिज्य महासंघमा अबदेखि अध्यक्षमा पनि प्रतिस्पर्धा हुने

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा अबदेखि अध्यक्षमा पनि प्रतिस्पर्धा हुने भएको छ । यस अगाडि वरिष्ठ उपाध्यक्ष सिधै अध्यक्ष हुने व्यवस्था थियो ।

भवानी राणा वरिष्ठ उपाध्यक्ष हुँदा विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था गरिएको थियो । अबदेखि अध्यक्षमा पनि प्रत्यक्ष निर्वाचन हुने गरी महासंघले विधान संशोधन गरेको छ । सोमबार बसेको महासंघको सातौं कार्यकारिणी बैठकले विधान संशोधनको प्रस्ताव पारित गरेको छ । आगामी साधारणसभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि लागु हुनेछ ।

बर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ अध्यक्ष भएपछि उक्त विधान लागु हुनेछ । अहिले वरिष्ठ उपाध्यक्ष एक जना रहेकोमा अब २ जना वरिष्ठ उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । महिला उपाध्यक्षसहित ४ जना उपाध्यक्ष रहने व्यवस्था महासंघको विधानमा समेटिएको छ ।

lcci
You might also like

Comments are closed.