काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ । महासंघको ५९औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवस २०८१ को अवसरमा सम्मान गरेको हो ।
महासंघ अन्तर्गत जिल्ला नगर ‘क’तर्फ पाँचथर उद्योग वाणिज्य संघ उत्कृष्ट भएर सम्मानित भएको छ । ‘ख’मा पर्वत उवासंघ र ‘ग’मा उवासंघ चितवन उत्कृष्ट हुँदै सम्मानित भएका छन् ।
साथै सस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत ‘सिन्धुली उद्योग वाणिज्य संघ’लाई सम्मान गरिएको छ ।
वस्तुगत समूहबाट ‘नेपाल हस्तकला महासंघ’ सम्मानित भएको छ ।
द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट ‘नेपाल–भारत उद्योग वाणिज्य संघ’ सम्मानित भएको छ ।
महासंघका प्रादेशिक शाखाहरूमध्ये ‘नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश’ उत्कृष्ट भएको छ ।
यसैगरी आर्थिक वर्ष २०७९÷८० को आय विवरण अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्ने महासंघका सदस्यहरूलाई विधागत रूपमा कदर सम्मान गरिएको छ । वस्तु निर्यातको कारोबार गर्ने मध्ये डाबर नेपाल प्रा.लि., बैंक वित्तीय संस्था र बीमाको कारोबार गर्ने मध्ये नविल बैंक लि., पर्यटन व्यवसाय गर्ने मध्ये तारागांउ रिजेन्सी होटल लिमिटेड, वस्तु व्यापारको कारोबार गर्ने मध्ये भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रा.लि., उर्जामूलक उद्योग मध्ये भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेश मनी ट्रान्सफर प्रा.लि., विषेश उद्योगहरू मध्ये वरूण विभरेज नेपाल प्रा.लि. सम्मानित भएका छन् ।
त्यसैगरी महासंघमा २५ वर्ष सेवा अवधी पूरा गरेका निर्देशक सूर्यराज पौडेल र उपनिर्देकक विदुरचन्द्र लामिछाने प्रशंशा–पत्रबाट सम्मानित भ्एका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली र महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले उनीहरुलाई सम्मान गरेका हुन् ।
Comments are closed.