काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रलाई सरकारले साक्षीको रूपमा मात्र नभई सहयात्रीको रूपमा हेर्नुपर्ने बताएका छन् । महासंघको ५९औं वार्षिक साधारण सभाको अवसरमा बोल्दै उनले निजी क्षेत्रको सरकारप्रतिको विश्वास बलियो बनाउन धेरै काम गर्न बाँकी रहेको समेत बताए ।
सरकारले अध्यादेशमार्फत गरेको सुधार र लगानी सम्मेलनका प्रयासहरूले निजी क्षेत्रलाई आशावादी बनाएपनि विगतको अनुभव र कार्यान्वयनमा देखिएको ढिलासुस्ती र नीतिगत अस्थरिताले विश्वास कमजोर बनाएको उनको धारणा थियो ।
“हामीलाई विश्वासिलो वातावरण चाहिएको छ, जहाँ नीति स्पष्ट होस्, प्रशासन चुस्त होस्, र निजी क्षेत्रलाई संरक्षण र सम्मान दिइयोस् । सरकारले हामीलाई “नाफाखोर” होइन, अर्थतन्त्रको मेरुदण्ड मानेर सहकार्य गर्नुपर्छ । हामीले पनि सरकारलाई सहयोगी ठानी रचनात्मक सुझाव र लगानीको प्रतबिद्धता दिनुपर्छ । यो विश्वासको आधारले मात्र हामी मुलुकको आर्थकि समृद्धि हासिल गर्न सक्छौँ,” उनले भने ।
पूर्वाधारको अभाव, ऊर्जाको गुणस्तर र उपलब्धतामा नीतिगत अस्पष्टता र कार्यान्वयनको कमजोरीले निजी क्षेत्रलाई हैरान बनाएको उल्लेख गर्दै उनले बनेका नीति नियमको प्रभावकारी कार्यान्वयन, प्रशासनिक ढिलासुस्तीको अन्त्य आवश्यक भएको बताए ।
ऋणको सीमित पहुँचले साना तथा मझौला उद्योगहरूलाई संकटमा पारेको र यी समस्याहरूले उत्पादकत्व र प्रतस्पिर्धात्मकता घटाएकोले यस तर्फ ध्यान दिनुपर्ने उनको जोड थियो ।
उनले नेपालको आथिक समृद्धिको मेरुदण्डका रूपमा रहेका घरेलु साना तथा मझौला उद्योगहरूको संरक्षण र विकासका लागि स्थानीय उत्पादनको प्रयोगलाई केवल नारामा सीमित नराखी व्यवहारिक रणनीतिक अभियानका रूपमा अघी बढाउनु अपरहिार्य रहेको बताए ।
यस्तै स्थानीय कच्चा पदार्थमा आधारति उद्योगहरूको विस्तारले प्राकृतिक स्रोतको दिगो उपयोग सुनिश्चित गर्नुका साथै विदेशी आयातको परनर्भिरतालाई क्रमशः न्यूनीकरण गरी व्यापार घाटा कम गर्न सघाउने उनको धारणा थियो ।
Comments are closed.