श्रेष्ठको सभापतित्वमा नेउवा महासंघको अनुशासन समिति गठन

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन गरेको छ । अनुशासन समितिको उपसभापतिमा पूर्वअध्यक्ष कुशकुमार जोशी छन् ।

त्यसैगरी समितिको सदस्यमा महासंघका विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धि पण्डित छन् ।

समितिको सल्लाहकारमा महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधान रहनुभएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

You might also like

Comments are closed.