काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि ३ ठाउँबाट मतदान भइरहेको छ । मंसिर ११ देखि जारी महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम अन्तर्गत आज शनिबार मतदान भइरहेको छ ।
जिल्ला तथा नगरतर्फको प्रज्ञा प्रतिष्ठान कमलादीमा, एसोसिएट्सतर्फको कार्की व्याङक्युट बबरमहल र वस्तुगततर्फको महासंघको कार्यालय टेकुमा मतदान भइरहेको छ । बिहान ८ बजे सुरु मतदान दिउसो ४ बजेसम्म जारी रहनेछ ।
महासंघको नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित प्रतिस्पर्धामा छन् । दुवै पक्षले आ–आफ्नो प्यानलले जित्ने दावी गरिरहेका छन् ।
ढकाल प्यानलबाट उपाध्यक्षमा जिल्ला नगरतर्फ गुणनिधि तिवारी, वस्तुगततर्फ उमेशलाल श्रेष्ठ र एशोसिएट्सतर्फ रामचन्द्र संघईको उम्मेदवारी छ भने प्रधान प्यानलबाट जिल्ला नगरतर्फ दीनेश श्रेष्ठ, वस्तुगततर्फ अन्जन श्रेष्ठ र एशोसिएट्सतर्फ सौरभ ज्योती प्रतिस्पर्धामा छन् । बर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेको शेखर गोल्छा विधानत स्वत अध्यक्ष बन्नेछन् ।
Comments are closed.