महासंघको एसोसिएटतर्फको मत गणना सम्पन्न

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत एसोसिएटतर्फको मत गणना सकिएको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघाइले ६१३, अञ्जन श्रेष्ठले ५७३ र उमेशलाल ४२६ मत प्राप्त गरेका छन् ।  ८ मत बदर भएको छ ।

महासंघ निर्वाचनमा एसोसिएटको ३० प्रतिशत मतभार हुन्छ । जिल्ला नगरको ५० र बस्तुगतको २० प्रतिशत मतभार हुन्छ ।  जिल्ला नगर र बस्तुगतको गणना गर्ने तयारी भइरहेको छ ।

You might also like

Comments are closed.