नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् ।

निर्वाचन अन्तर्गत पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका उनलाई दोस्रो चरणमा निकटम प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले समर्थन गरेसँगै उनी निर्विरोध भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा निर्विरोध भएका अञ्जन ३ वर्षपछि अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । निर्वाचनको पहिलो चरणमा रामचन्द्र संघई तेस्रो भएपछि दुईजनाबीच प्रतिस्पर्धा गर्नुपर्ने भएपनि सहमतिमै वरिष्ठ उपाध्यक्षको नेतृत्व चयन भएको हो ।

You might also like

Comments are closed.