एफएनसिसिआई कृषि उद्यम केन्द्रमा दाहाल मनोनीत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रको सदस्यमा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल मनोनीत भएका छन् ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दाहाललाई मनोनीत गरेका हुन् । कृषि उद्यम केन्द्रको सभापति डि.बि. बस्नेत हुन् ।

महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रलाई सशक्त रुपमा अगाडि बढाउन कृषि क्षेत्रमा लामो अनुभव संगालेका दाहालको योगदान महत्वपूर्ण हुने अध्यक्ष ढकालले विश्वास व्यक्त गरेका छन् ।

jutta mela

‘कृषि उद्यम केन्द्रलाई क्रियाशील बनाउने कार्यमा यहाँको पूर्ण सहयोग हुने कुरामा म विश्वस्त छु,’ मनोनीत पत्रमा ढकालले भनेका छन् ।

You might also like

Comments are closed.