नेउवा महासंघमा बस्तुगततर्फ दुवै प्यानलका बराबर सदस्य

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी नतिजा सार्वजनिक हुने क्रम जारी छ । यसैक्रममा बस्तुगत सदस्यतर्फ किशोर प्रधान र चन्द्र ढकाल प्यानलबाट ७/७ जना सदस्य विजयी भएका छन् ।

बस्तुगत सदस्यमा प्रकाशमान सिंह कार्की, सुमित केडिया, अरनिको राजभण्डारी, नरेशलाल श्रेष्ठ, भक्त बहादुर हमाल, मनिषलाल प्रधान, मिनमान श्रेष्ठ, हेमराज ढकाल, आकाश अधिकारी, गोविन्द ढुंगेल। विष्णु गैरे, सकुनतला हिराचन, सुवोध गुप्ता, सन्दीप कुमार अग्रवाल विजयी भएका छन् ।

बस्तुगत तर्फ उपाध्यक्षमा किशोर प्रधान प्यानलका अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् ।

You might also like

Comments are closed.