नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको उपाध्यक्षमा दुर्गाराज श्रेष्ठ विजयी

हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको उपाध्यक्षमा युवा व्यवसायी दुर्गाराज श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी रामराजा श्रेष्ठलाई पराजीत गर्दै उनी उपाध्यक्ष निर्वाचित भएका हुन् । अघिल्लो कार्यकाल पनि श्रेष्ठले उपाध्यक्ष भएर काम गरेका थिए ।

यस अगाडि महासंघको अध्यक्षमा दिलसुन्दर श्रेष्ठ निर्विरोध निर्वाचित भइसकेका छन् । कार्यकारिणी समितिको निर्वाचन अगावै अध्यक्षमा श्रेष्ठको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

उपाध्यक्ष गुणराज श्रेष्ठ र कोषाध्यक्ष कवि राज खत्री पनि निर्विरोध निर्वाचित भएका छन् ।

You might also like

Comments are closed.