नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेश सचिवालय भवन शिलान्यास

हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेशको सचिवालय भवनको शिलान्यास भएको छ ।

महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले भवनको शिलान्यास गरेका हुन् । हेटौंडा ११ स्थित थानाभर्याङगमा भवन निर्माण सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको ३ कठ्ठा जग्गामा भवन बन्नेछ ।

यसैबीच, महासंघ वागमती प्रदेशको छैटौं कार्यसमिति बैठकसमेत हेटौंडामा बसेको छ ।

सातौं प्रदेश साधारण सभाको तयारीमा केन्द्रित भइ बैठकमा छलफल भएको अध्यक्ष दीलसुन्दर श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.