काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा व्यवसायी दिलसुन्दर श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार भएको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको हो ।
जिल्ला नगरतर्फको उपाध्यक्षमा सविन श्रेष्ठ, बस्तुगत र एसोसिएटको तर्फबाट उपाध्यक्षमा दुर्गाराज श्रेष्ठ, कोषाध्यक्षमा गुणराज श्रेष्ठ निर्वाचित भएका छ्न ।
कार्यसमिति सदस्यमा श्याम थापा, कैलाश पलाञ्चोके, शिव मानन्धर, जीवनकाजी माकाजू श्रेष्ठ र हेमराज रिमाल निर्वाचित भएका छन् । सदस्यमा बस्तुगत तर्फबाट वीरेन्द्रनाथ भट्टराई, एसोसिएटमा प्रदीपमान प्रधान निर्वाचित भएका छन् ।








Comments are closed.