चितवन । गैंडाकोटस्थित नारायणी नदीको किनारमा गण्डकी प्रदेश स्तरीय व्यापार महोत्सव हुने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजना तथा जिल्ला उद्योग वाणिज्य संघ नवलपुर गैँडाकोटको सहआयोजनामा महोत्सव हुन लागेको हो ।
फागुन २१ गतेदेखि चैत १ गतेसम्म महोत्सव चल्नेछ । महोत्सवको आयोजकमा नेपाल उद्योग वाणिज्य संघसमेत रहनेछ ।व्यापार व्यवसायको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित प्रदेशस्तरीय मेला आयोजना गरिएको महासंघ गण्डकी प्रदेशका अध्यक्ष संञ्जिबबहादुर कोइरालाले जानकारी दिए ।
‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन उद्योग र व्यापार’ नाराका साथ महासंघले मेला आयोजना गर्न लागेको कोइरालाले बताए । ‘प्रदेशको समग्र विकासमा महोत्सवले योगदान पुर्याउनेमा हामी विश्वस्त छौं,’ उनले भने ।
महोत्सव सफल बनाउन प्रचारप्रसारलाई तिब्र बनाइएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा जिल्ला उद्योग वाणिज्य संघ नवलपुर गैँडाकोटका अध्यक्ष अमृत भट्टचनले जानकारी दिए । महोत्सवमा ३ सय स्टल रहनेछन् ।
Comments are closed.