महासंघ गण्डकीको दुईवटा उप-समिति संयोजकको जिम्मेवारी कोइरालालाई

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले विभिन्न उपसमिति गठन गरेको छ । संस्थाको तेस्रो बैठकले उपसमितिहरु गठन गरेको नवनिर्वाचित अध्यक्ष अमृत भट्टचनले जानकारी दिए ।

यसैक्रममा महासंघ गण्डकीको सदस्यता उप–समिति संयोजक तथा बैंक तथा वित्तीय संस्था सहजीकरण उप–समिति संयोजकमा संजीव बहादुर कोइराला चयन भएका छन् ।

कोइराला महासंघ गण्डकीको संस्थापक अध्यक्षसमेत हुन् । कोइराला पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत हुन् ।

त्यसैगरी महासंघ गण्डकी प्रदेशको रोजगार दाता परिषद् उप–समिति संयोजकको जिम्मेवारी केदारनाथ शर्माले प्राप्त गरेका छन् ।

You might also like

Comments are closed.