कोरोना संक्रमित व्यवसायीलाई सहयोग गर्न गण्डकी हेल्प डेस्कको निरन्तरता

पोखरा । नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशले स्थापना गरेको सुनचाँदी व्यवसायी कोभिड १९ हेल्प डेस्कको बैठक चन्द्रकिशोर गौतमको सभापत्वि र नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । बैठक भचूअल रुपमा गरिएको थियो ।

गण्डकी प्रदेशका व्यवसायीहरु कोरोना भाइरसको दोस्रो भेरियन्टबाट संक्रमित हुँदा अक्सिजन, एम्बुलेन्स, अस्पताल नपाएर ज्यान गुमाउनु परेको स्थितिबाट व्यवसायीलाई बचाउनु पर्छ भनेर प्रदेशका सवै जिल्लाका व्यवसायीलाई समेटेर १५१ सदस्यीय हेल्पडेस्क स्थापना गरिएको बताइएको छ । कार्यक्रममा महासंघका अध्यक्ष एवं प्रमुख अतिथी माणिकरत्न शाक्यले कोरोना भाइरसले संक्रमण गरेपछि पद पोजिशन, पैसा, कुन मान्छे हिमालको ,कुन मान्छे पहाडको, कुन मान्छे तराइको र जातजाती केही नहेर्ने बताए । हामीले पनि को संक्रमित छ , चिन्नै नसकिने हुँदा स्वयं सचेत रहनुपर्ने देखियो, उनले भने । यस्तो अवस्थामा गण्डकी प्रदेश हेल्प डेस्क स्थापना गरी व्यवसायी सदस्यको रक्षा गर्न अगाडी सरेर राम्रोे काम गरेको उनले बताए । गण्डकी प्रदेशले गरेको काम अरु प्रदेशले पनि गर्नुपर्ने र सवै प्रदेशहरु अगाडी बढ्ने उनको विश्वास छ ।

सुनचाँदी जस्ता धातुका काम गर्ने कालिगढ तथा ,व्यापार गर्ने व्यवसायी उच्च जोखिममा छौं । यसको तत्कालको समाधान खोप नै हो । हामीले राज्यका विभिन्न निकायमा पहल गरी व्यवसायीहरुलाई बचाउन प्रयासरत छौं । गण्डकी प्रदेशले गरेको कार्यलाई हाम्रो पनि सहयोग छ र रहिरहनेछ । विपद व्यवस्थापनमा र व्यवसायीहरुको पसल खोल्ने वित्तिकै हुने उच्च जोखिम कम गर्न हामी सवै प्रदेशसँग मिलेर काम गर्न तत्पर छौं, उनले भने प्रदेशबाटनै सुन वितरण गर्न सकियो भने धेरै राम्रो हुने र असमान वितरण प्रणालीलाई सच्याउनुपर्ने उनको भनाइ छ ।

त्यसैगरी महासंघका निर्वतमान अध्यक्ष मोहन कुमार सुनारले कोरोनाका कारण विश्वलाई नै तहस नहस पारीरहेको र हाम्रो देशमा मृत्युदर बढीरहेको अवस्थामा गण्डकी प्रदेशले सुःख दुःख साटा साट र संक्रमितहरुलाई बचाउनका लागी यस पुण्य कार्यमा लागेको बताए । लकडाउन खुल्ला भएपछीको संक्रमणलाई मध्यनजर गर्दै निजी क्षेत्रबाट खोप ल्याउने सम्भावना छ । हाम्रो पनि आवाज उठाउन जरुरी छ, उनले भने । सम्बन्धीत निकायमा आवाज उठाई व्यवसायीहरुलाई खोप लगाउनको लागी पहल कदमी गर्न पनि उनले आग्रह गरेका छन् । अवका दिनमा व्यवसाय खुल्ला गर्दा हुने जोखिम कम गर्न स्वास्थ मापदण्ड र सचेतना गराउनुपर्ने बताउँदै विज्ञहरुले तेस्रो,चौथो भेरियन्टको लहर नै आउने बताइरहेको हुँदा यो कोषलाई समेत लामो समयसम्म निरन्तरता दिनुपर्ने उनले बताए ।

कार्यक्रममा महासंघका सचिव बाबुराम विश्वकर्माले वेडमा छटपटिएका साथीहरुलाई प्रत्यक्ष सहयोग पुग्दा राम्रो सन्देश गएको बताए । महासंघका सचिव केशबहादुर सुनारले व्यवसाय र संघमा लागेकाहरुलाई सहयोग पु¥याउँदा महासंघप्रतिको भावना ओतप्रोत भएको बताए । उनले निरन्तर अगाडी बढ्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा उपाध्यक्ष दुर्गा बहादुर सुनार ,गण्डकी प्रदेशका सल्लाहकार एवं जिल्ला समन्वय समिति पर्वतका अध्यक्ष मनोहर वि. पौडेल, केन्द्रिय सदस्य गोविन्द सुनार ,तेजबहादुर सुनार , हरि बहादुर विश्वकर्मा, राजेन्द्र विश्वकर्मा , मनकाजी घमाल ,अमर घताने, भिम सदाशंकर, निर्मल दियाली, कृष्ण सुनार लगायत जिल्ला अध्यक्षहरुले आफ्ना धारणा राख्दै गण्डकी प्रदेशले गरेको हरेक कृयाकलापमा आफ्नो सहयोग निरन्तर रहने र सफलताको कामना व्यक्त गरेका थिए ।
गण्डकी प्रदेश जिल्ला इन्चार्जहरुले जिल्लाका समग्रस्थिति सहित संक्रमित व्यवसायी र मृत्यु हुनेको विवरण र राहत स्वरुप प्रदान गरीएको विवरण बमबहादुर विश्वकर्मा लमजुङ, सन्तोष सुनार कास्की, शान्ता सुनार नवलपुर , पुर्ण बहादुर विश्वकर्मा तनहुँ , हिमलाल विश्वकर्मा स्याङ्जा,ठाकुर वि.पौडेल पर्वत ,पर्व विश्वकर्मा गोर्खाले प्रस्तुत विवरण प्रस्तुत गरेका थिए ।

हेल्पडेस्क समितिका संयोजक चन्द्रकिशोर गौतमले यस प्रदेश समितिबाट १३ जना सुनचाँदी व्यवसायी र उनका परिवारले ज्यान गुमाएको र ६५ भन्दा बढी व्यवसायी र ११५ जनाभन्दा बढी परिवारका सदस्य कोभिडबाट संक्रमित भएको बताउँदै हालसम्म अति दयनीय अवस्थामा रहेका ११ जनालाई राहत स्वरुप सहयोग रु १ ला ३५ हजार ५ सय रुपैयाँ प्रदान गरीएको र सदस्यहरुबाट संकलन रकम रु ९ लाख २४ हजार ६३६ रुपैयाँ र महासंघबाट प्राप्त रकम २ लाख रुपैयाँ गरी ११ लाख २४ हजार ६ सय ३६ रुपैया कोषमा संकलन भएको जानकारी गराउँदै यस कोषमा सुनचाँदी व्यवसायीहरुको सहयोग रहेको बताए । सुनचाँदी व्यवसायी ,व्यवसायीका परिवार, कालिगढ, सुनचाँदीमा आवद्ध कर्मचारी र जिल्ला संघका कर्मचारी तथा संकलन गरीएको रकमको १५ प्रतिशत यस व्यवसायभन्दा फरक निम्न वर्गीय महानुभावहरुको उपाचारमा र कुनै जिल्ला अस्पताल, स्वास्थ चौकीहरुमा सहयोग गरीने छ । यो भन्दा अगाडी १०१ सदस्यीय हेल्पडेस्क समिति गठन भएकोमा जिल्लाका सदस्यहरुको उत्साह जनक उपस्थितीले अहिले १५१ जना सदस्यीय रहेको सभापति चन्द्रकिशोर गौतमले जानकारी गराउँदै सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गरे । कार्यक्रम सञ्चालन सचिव रविन विश्वकर्माले गरेका थिए भने धन्यवाद ज्ञापन उपसभापति कृष्ण बहादुर विश्वकर्माले गरेका थिए ।

You might also like

Comments are closed.