नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशद्वारा कोभिड-१९ हेल्प डेस्क स्थापना

पोखरा । नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेश कार्यसमितिको आठौं बैठकले कोभिड –१९ हेल्प डेस्कको स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष चन्द्रकिशोर गौतमको सभापतित्वमा भर्चुअल बैठक वसी यस प्रदेशका व्यवसायीहरुलाई कोभिड –१९ ले पारेको असरका बारेमा छलफल गरी प्रदेशमा रहेका सुनचाँदी व्यवसायीहरुलाई सकेसम्म सहयोग पुराउने उदेश्यले हेल्प डस्क स्थापना गरिएको बताइएको छ ।

वैठकमा आमन्त्रीत नेपाल सुनचाँदी व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष अर्जुन रसाइलीले गण्डकी प्रदेशले गरेको कार्य सह्रायिन रहेको बताए । यसका लागी नेपाल सुनचाँदी व्यवसायी महासंघले आर्थिक नैतिक भौतिक सबै सहयोग गर्न तयार छ, उनले भने । सवै प्रदेशले गण्डकी प्रदेशकोे कार्यको सिको गरेर स्वास्थ समस्यामा परेका आफ्ना व्यवसायीलाई सहयोग गर्नुपर्ने बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्वतमान अध्यक्ष मोहन सुनारले जहिले पनी यस प्रदेशका कृयाकलाप राम्रा र सेवा मुलक, शिक्षा मुलक रहेको बताए । कोरोना भाइरसको दोस्रो भेरियन्टले समस्या परेका व्यवसायीहलाई स्वास्थ सम्बन्धी सहयोग गर्ने उनले बताए । व्यवसायीहरुको ज्यान बचाउनु ठुलो कुरा हो र यस कार्यको लागि मैले जुनसुकै सहयोग मन खुलेर गर्नेछु, उनले भने ।

महासंघका सचिव बाबुराम विश्वकर्माले आजदेखेको मान्छे भोली नदेखिने अवस्था छ । यो अवस्थालाई कसरी सुरक्षित हुन सकिन्छ । राज्यले गरेको सुरक्षा प्रबन्धका साथै सचेत रहन सवैलाई अनुरोध गर्दै सवै जिल्ला अध्यक्ष पदाधिकारीलाई यस क्षेत्रमा सहकार्य गर्न अनुरोध गर्दै आगाडी बढ्नुपर्ने बताए । त्यसैगरी महासंघका सचिव केश बहादुर सुनारले जस्तै कठिनलाई पनि मिहेनत गरे सफल भइन्छ यस प्रदेशले वडो मिहिनेत गरेर कालिगढ सम्बन्धी तालिम चलाएको थियो कोभिड –१९ ले त्यो पनि सार्न बाध्य बनायो यो बेला कमाउने मात्रै होइन समाज सेवा गर्नु ठुलो पुण्यको काम भएको बताए । उपाध्यक्ष दुर्गा बहादुर सुनारले सवैसँग समन्वयकारी भुमिका खेली कार्य अगाडी बढाउन आग्रह गरे ।

बैठकमा गण्डकी प्रदेशबाट केन्द्रिय सदस्य राजेन्द्र विश्वकर्मा , अमर घताने, हरि बहादुर विश्वकर्मा, तेज बहादुर सुनार, कृष्ण सुनार, गोविन्द सुनार ,सुदेशचन्द्रराज भण्डारी,मानकाजी घमाल लगायतले यस कार्यको सह्राना गर्दै आर्थिक रुपमा सहयोग गर्ने बचन दिए । बैठकले १९ सदस्यीय सल्लाहकार समिति ,१९ सदस्यीय सचिवलय समेत १०१ सदस्यीय कोभिड –१९ हेल्प डेस्क स्थापना गरेको छ । यसबाट गण्डकी प्रदेशका सुनचाँदी व्यवसायीहरुलाई कोभिड –१९ को समस्या देखिएमा एम्बुलेन्स सेवा ,अस्पताल सेवा, अक्सीजन शिलिण्डर , औषधी , डाक्टर स्वास्थ सामाग्रीको आवश्यकता अनुसार सहयोग पु¥याउने योजना रहेको छ । प्रदेशको जुन सुकै ठाउँको विरामी देखिएपनी सक्दो सहयोग पु¥याई सुविधा युक्त अस्पतालमा पु¥याउने लक्ष्यका साथ काम अगाडी बढाइएको सभापति यस कार्यका संयोजक चन्द्रकिशोर गौतमले सचिवालयका सदस्यहरु, जिल्ला अध्यक्षहरु, आर्थिक समिति सदस्यहरु जहाँ जे जसरी सहयोग गर्न सकिन्छ । त्यसरी सहयोगमा जुट्न आग्रह गर्दैै कोभिडलाई जसरी पनी परास्त गर्न आग्रह गरे ।

कार्यक्रममा महासंघका अध्यक्ष लगायत पदाधिकारी र सवै जिल्लाका संक्रमित व्यवसायीहरुलाई स्वास्थ लाभको कामना गरिएको थियो । कोभिडबाट दिवंगत हुने यस प्रदेशका सदस्य ओम बहादुर विश्वककर्मा ,महासंघको निर्वतमान उपाध्यक्ष ज्ञानुराज शाक्य ,कर्मचारी सुनलि श्रेष्ठ , कृष्णमान गुभाजू यस क्षेत्रका ज्ञात अज्ञात व्यवसायीहरुलाई श्रद्धाञ्जली सहित परिवारजनमा समवेदना प्रकट गरीएको थियो । कार्यक्रममा स्वागत उपसभापति कृष्ण बहादुर विश्वकर्माले गरेका थिए भने महासंघका पदाधिकारी ,सदस्य एवं यस समितिका पदाधिकारी सदस्यहरुलाई धन्यवाद ज्ञापन सभापति चन्द्रकिशोर गौतमले गरेका थिए ।

You might also like

Comments are closed.