नेपाल पत्रकार महासंघमा पोखरेलको प्यानल विजयी

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोखरेल निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेका अनुसार पोखरेलले ६ हजार ९४२ मत ल्याई विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी शर्माले तीन हजार ९१५ मत प्राप्त गरेकी छन् । अध्यक्षकै अर्का उम्मेदवार गजेन्द्रसिंह बुढाथोकीले ४९१ मत र रामप्रसाद दाहालले १५६ मत प्राप्त गरेका छन् ।

यही चैत २५ गते पहिलोपटक महासंघमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान गरिएको थियो । पोखरेल प्यानलका अधिकांश उम्मेदवार विजयी भएका छन् ।

निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भए ।

यस्तै खुला सचिवमा गोविन्द चौलागाईँ, सचिव (महिला)मा सिर्जना अर्याल, सचिव (आदिवासी जनजाति) नारायणसुन्दर किलम्बू, सचिव (मधेसी) दीपेन्द्र चौहान, सचिव (दलित)मा हेमकर्ण विक र सचिव (एशोसिएट)मा पवन आचार्य निर्वाचित भएका छन् । लेखासमिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भए ।

You might also like

Comments are closed.